अन्तरजातीय विवाह गरेर जीवन निर्वाह
गरिरहेका जोडीलाई खोटाङ दलित विकास मञ्च नेपालले बिहीबार सम्मान गरेको हो ।
मञ्चले रुपाकोटमझुवागढी नगरपालिका २
सोल्माका गंगाबहादुर विश्वकर्मा र सरिता राई, रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाँडाका प्रकाश तोलाङ्गे र
ललिता राई, रुपाकोट मझुवागढी नगरपालिका २
सोल्माका सरोजकुमार बिक र ईश्वरी सुवेदी, रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीका भूमिराज दर्जी र पार्वती
गुरुङ, दिप्रुङ गाउँपालिका १ याम्खाका हरि
मुग्राती र लक्ष्मी गुरुङ, रुपाकोट मझुवागढी नगरपालिका १
दिक्तेलका राजेन्द्र बिक र शुशीला मगर तथा खोटेहाङ गाउँपालिका ६ इन्द्रेणीपोखरीका
यदुकुमार नेपाली र कुमारी आचार्यलाई सम्मान गरेको हो ।
अन्तरजातीय विवाह गरेर उनीहरुलाई
सम्मानस्वरुप जिल्ला समन्वय समितिले एकमुस्ट २५ हजार प्रदान गरेको मञ्चका अध्यक्ष
चाहारले बताए ।हामीले यो समाचार इमेजखबरबाट लिएका हौ ।