ब्राजिलका पूर्व राष्ट्रपति लुईज इनासिओ लुला दि सिल्भाले भ्रष्टाचार गरेको ठहर भएको छ ।
लुलामाथि लागेको भ्रष्टाचारको मुद्दामा अदालतले साँढे नौं वर्षको जेल सजायँ हुने फैसला सुनाएको हो ।
राज्य नियन्त्रित तेल कम्पनी पेट्रोब्रासबाट घूषस्वरुप अपार्टमेन्ट लिएको भन्ने आरोपको लुलाले भने अस्वीकार गर्दै आएका छन् ।
सुनुवाई पूर्णतः राजनीतिबाट प्रेरित रहेको भन्दै उनले आफूले कुनै गलत काम नगरेको दावी गरे । उनीमाथि अरु चार मुद्दा अझै सुनुवाई हुने बाँकी रहेको छ ।
लुलाले सन् २०११ सम्म आठ वर्ष राष्ट्रपतिका रुपमा काम गरेका थिए ।
आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा विपक्षी वामपन्थी समूह वर्कर्स पार्टीबाट उम्मेदवार बन्ने घोषणा गर्नुभएका लुलालाई यस फैसलाले झट्का लागेको छ ।
अदालतले भने गलत ढंगले ठेक्का दिलाउन लुलाले घूष लिएको ठहर गरेको हो । फैसलाविरुद्ध पुनरावेदन गरिने लुलाका वकीलले जनाएका छन् ।
लुलाको पार्टीले फैसलाविरुद्ध प्रदर्शन गरिने जनाएको छ । लुला ब्राजिलको राजनीतिमा निकै लोकप्रिय नेता मानिन्छन् ।(एजेन्सी)