कतारबाट अर्घाखाँचीबासीद्वारा खाचिकोट डिहिडाँडाका मिर्गौला पीडित दिपक शाहलाई आर्थिक सहयोग

 टेक राज थापा 
कतार। अर्घाखाँची सेवा समाज कतारले १५ औ मासिक बैठक दोहा स्थिति मुन्ताजा पार्कमा समपन्न गरेको छ। महासचिव टेक राज थापाको सञ्चालनमा अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षतामा सुरु भएको उक्त बैठकमा जिल्ला बासीहरुको उलल्खिनीय उपस्थिति रहेको रहेको थियो। 
स्वागत मन्तव्यको क्रममा संस्थाका उपाध्याक्ष केदार नाथ भुसालले अब देश आर्थिक सम्वृद्धि नेपाल बन्ने क्रममा अगाडी बढेकोमा खुशी व्यक्त गर्दै गत महिनाको हप्ता सम्पन्न भएको दोस्रो चरणको स्थानीय निर्वाचनमा निर्वाचित हुनु भएका जिल्ला बासी सम्पुर्णमा हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरुको सफल कार्यकालको सुभकामना सन्देश प्रकट गरेको थियो । 
त्यसै गरि सबैले आ आफ्ना भनाई राख्ने क्रममा भोलिका दिनहरुमा खेललाई अझ मज्बुत बनाएर अगाडि बढनमा प्रोत्साहित गर्नु पर्ने खेल पनि एक रास्ट्रको गहना, हो भन्ने बारे विश्लेषण गरिएको थियो ।इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमदानको सुभ अबसरमा २७ जुन २०१७ का दिन तमु प्य ल्हु संघ कतारले आयोजना गरेको खुल्ला भोलिबल प्रतियोगीतामा अर्घाखाँची सेवा समाज कतारले पनि उक्त खेलमा सहभागीता जनाएको बारे समिक्षा गरेको थियो । 
खेलको क्रममा विभिन्न समयमा विभिन्न स्थानमा यातायातमा सहयोग सहयोगी ब्याक्तित्वहरु कृष्ण प्रसाद श्रेष्ठ, बिष्णु ब .कुँवर ,आत्मा ब. कुँवर ,बाला राम पाण्डे, कमल अर्याल ,नारायण राना , खेल सयोजक बिष्णु क्षेत्री लगाएत खेला सहभागी खेलाडीहरुलाई संस्थाले धन्यवाद प्रकट गरेको थियो। यसैगरी कोषाध्यक्ष राम प्रसाद पराजुलीले बिभिन्न समय भएका आर्थिक विवरणहरु प्रस्तुत गरेका थिए। 
सन्धिखर्क नगरपालिका वडा न .७ साबिक खाचिकोट डिहिडाँडा निवासी मिर्गौला पीडित दिपक शाह गत १ बर्ष देखि उपचाररत  रहनु भएका उहाँलाई अर्घाखाँची सेवा समाज कतारले सेवा नै घर्म हो हेतुले उपस्थिति कार्यसमितिहरुबाट  संकलन गरि  कतारी रियाल जम्मा ५२७ अर्थात नेपालि रुपैया १४,४२८.७६ अर्थात चौध हजार चार सय अठाईस रुपैया यसै सस्थाका कार्यकारी सदस्य अब्जल मियाँलाई हस्तान्तरण गरिएको हो । उहाँकै सहयोगमा सुर्य प्रसाद श्रेष्ठ को नाममा बैंक मार्फत नेपाल पठाइएको थियो ।
उक्त रकम पीडित हस्तान्तरण गरिएको थियो । अनत्यमा विभिन्न प्रस्तावहरु व्यापक छलफल गरि उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै केहि समय पहिले विभिन्न सामाजिक संजालहरु मार्फत सार्वजनिक गरिएको जिल्लामा हस्तान्तरण गर्ने लागिएको एम्बुलेन्स बारे व्यापक छलफल गरिएको थियो । भने उक्त कार्य योजनालाई सफल पार्न कार्यसमितिका पदाधिकारीहरुलाई आ आफ्नो स्थानबाट सक्रिय भएर अगाडि बढन निर्देशन गरिएको छ।
दशैसम्म जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्ने बारे ईन्ट्रनल छलफल भई रहेको बताए। हाम्रो योजनालाई साहकार पार्न हामि सबैको आहम भुमिका रहेको तर्क गर्दै हामी कतारमा कार्यत जिल्ला बासी दाजुभाई दिदीबहिनीहरु तथा सुभ चिन्तकहरु एकाबद्धता भएर अगाडि पर्ने जोड दिदै निर्धारित समयमा योजनालाई सफल बनाउन लागि परेको प्रतिबद्ध जाहेर गर्दै कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।