सन्धिखर्कमा सुशासन र जवाफहेहिता अभिबृद्धि बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सागर परियार
सन्धिखर्क, अर्घाखाँची ।  एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा जिल्लामा सुशासन र जवाफहेहिता अभिबृद्धि बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
युस.एस.ए आईडीको आर्थिक सहयोग र एफएचआई ३६० र एकीकृत ग्रामीण विकास समाजको सहकार्यमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत उक्त कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा जिल्लामा सुशासन र जवाफदेहिता प्रर्बधनका निम्ती गर्न सकिने कार्यहरुको बारेमा छलफल भएको थियो । परियोजनाले जिल्लामा शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा कार्य गर्दै आएको छ । कार्यक्रममा जिल्लामा रहेका बिभिन्न गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको थियो । सोही अवसरमा परियोजनाले शिक्षा, स्वास्थ्य र कृषिका समस्या तथा सवालको बारेमा छलफल  गरहेको थियो । 
कार्यक्रम संस्थाका अध्यक्ष हृदयकुमार भुसालको अध्यक्षता, सचिव सागर परियारको सञ्चालन र गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष भोजबहादुर गन्दर्वको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । छलफल तथा अन्र्तक्रिया कार्यक्रमको परियोजनाका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।