नवनिर्वाचित अध्यक्ष डिल्लीराज घिमिरे । तस्बिर:- फेसबूकबाट
पशुपती श्रेष्ठ
काठमाडौं (अर्घाखाँची डटकम) । अर्घाखाँचीबासीहरुको साझा चौतारी अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको अध्यक्ष पदमा डिल्लीराज घिमिरे चयन भएका छन् ।
विगत २ वर्ष देखी निष्क्रिय रहेको मञ्चको विभिन्न देशका प्रतिनिधीको भेलाले घिमिरेलाई चयन गरेको हो । घिमिरे दक्षिण अमेरिकाको चिलीमा बसोबास गर्दै आएका छन् । उनी अर्घाखाँचीडट्कमका अन्तर्राष्ट्रिय प्रमुख पनि हुन् ।
यस्तै भेलाले वरिष्ठ उपाध्यक्षमा कर्ण जंग रायमाझी, गिरिराज खनाल, युवराज थापा, युवराज केसी, दिपक जिसी र महिला उपाध्यक्ष भने वैकल्पिकमा राखेको छ ।
बैठकले अन्य कार्यसमिति भने आइतबार मात्र घोषणा गर्ने भएको छ ।
उता उपाध्यक्षमा ६ जना चुनिएको भन्दै विरोध भएको थियो । आगामी भेलाले विश्वभर रहेका सबै अर्घाखाँचीबासीलाई समेटेर जम्बो समिती गराउने अनुमान गरिएको छ ।