सन्धिखर्क नगरपालिकामा चुनावको बेला अन्तरघात भएको भन्दै नयाँ शक्तिका केन्द्रीय नेताले राजिनामा दिए


हरिप्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकामा स्थानिय निर्वाचनको बेला अन्तरघात भन्दै गरेकाे नयाँ शक्ति नेपालका केन्द्रीय नेता खिम बहादुर बिकले पदबाट राजिनामा दिएका छन् ।
स्थानिय निर्वाचनमा अाफ्ना उम्मेदवारले अन्तरघात गरेकाे भन्दै पार्टीकाे अर्घाखाँची जिल्लाका उत्प्रेरक समेत रहेका विकले राजिनामा दिएका हुन्।
निर्वाचनमा सन्धिखर्क नगरपालिकामा मेयर पदकि उम्मेद्वार बनेकि यमुना भुसालले पार्टीकाे निर्णय बिना अाफुखुसी ढंगले काँग्रेसकाे तर्फबाट मेयर पदका उम्मेद्वार लाई भाेट माग्दै पार्टिलाई अन्तरघात गरेकाे बिककाे अाराेप रहेकाे छ ।
नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँचीकाे गठन भएदेखि नै सक्रिय रहेका विक युद्धकालदेखि नै माअाेवादीमा सक्रिय रहेका थिए ।