सन्धिखर्क नगरपालिकाका मेयर भुसालद्वारा शुसासन र पारदर्शीतामा जोड दिनुपर्ने उल्लेख


घनश्याम पौडेल परिश्रमी  
सन्धिखर्क, अर्घाखाँची, १ साउन । सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले शुसासन र पारदर्शीतामा जोड दिनुपर्ने बताएका छन । उनले सन्धिखर्क नगरपालिकालाई कसरी भष्ट्रचार मुक्त बनाउन सकिन्छ, भनेर लागिरहेको बताए ।
लुम्बिनी सामाजिक विकास केन्द्रले सञ्चालन गरेको स्थानिय निकायको कानुनी र नीतिगत पालना व्यवस्था अनुगमनको समिक्षामा भुसालले नगरपालिकालाई भष्ट्राचार मुक्त बनाउन गैरसरकारी संस्थाको पनी भुमिका हुने बताए ।
चुनावी मैदानमा होमिदा कुनै राजनितिक दलबाट उठेर जितेपनी अव सवै नगरबाँसीको साझा व्यक्ती भएकोले सवै जनप्रतिनिधीले अव कसैले १ रुपैयाको पनी भष्ट्राचार नगरी शुसासन र पारदर्शितामा नगरपालिका लाग्ने बताए ।
उनले सवै जनप्रतिनिधीहरुलाई एक रुपैयाँको पनी लोभलालचमा नपरी भष्ट्राचार नगरी जनताको काम गर्ने निश्वार्थ रुपमा जनतालाई मुस्कान सहितको सेवा सहज रुपमा दिन निर्देशन दिएको बताए ।
उपप्रमुख ठाकुर कुमार विकले शुसासन तथा पारदर्शीतालाई कार्यान्वयन गर्न कुनै कशुर बाँकी नराख्ने बताए । उनले छिटै हुन लागेको नगरपरिषदमा शुसासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने बताए ।
स्थानीय विकास अधिकारी प्रदिप पौडेल उक्त जिल्ला स्तरीय समीक्षा कार्यक्रममा कार्यक्रम संयोजक सुरज शारुद्धारा उठान गरिएका सवालहरुमा जिल्लामा आषाढे कार्यक्रम प्रवृत्ती नगई सकेको तथा उपभोक्ता समिति निर्माण र योजना कार्यान्वयनमा सर्वदलिय संयन्त्रबीचमा सहमती अपरिहार्य हुने बताए । जिल्लामा प्राविधिकको कमी भएकोले योजनाको प्राविधिक मुल्यांकनमा समस्या रहेको बताए ।
कार्यक्रमको समीक्षा गोष्ठिमा प्रस्तुतीकरण गर्दै विशेषतः सुशासन र जवाफदेहिताको क्षेत्रमा आम नागरिकहरुले अनुभुती गर्ने प्रकारले प्रत्येक स्थानीय तहका वार्ड कार्यालयमा नागरिक वडापत्र, सुझाव पेटिकाको तत्काल व्यवस्थापन गर्नु पर्ने यसै गरि गुनासो सुन्ने संयन्त्र निर्माण र कार्यान्वयनमा जोड दिनु पर्ने बताए । मौखिक सहमती भन्दा लिखित रुपमा विषयवस्तु सम्वन्धित निकायमा पु-याउनु पर्ने त्यसै गरि वडा नागरिक मञ्चको क्षमतामा अभिवृद्धी गर्दै जवाफदेहिताको क्षेत्रमा थप जोड दिनु पर्ने कार्यक्रममा सहभागिले बताए ।
लुम्बिनी सामाजिक विकास केन्द्रका एल जि ए एफ कार्यक्रमका सम्र्पक व्यक्ति हरी पौडेल, कृष्ण पौडेल, प्रेम गैरे, बाबुराम पौडेल, पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगाएतले मन्तव्य राखे ।