सन्धिखर्क नगरपालीकालाई भ्रष्टचार मुक्त नगर बनाउछौं – प्रमुख भुसाल

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले सन्धिखर्क नगरपालीकालाई भ्रष्टचार मुक्त नगरपालीका बनाउने कुरामा जोड दिनु भएको छ ।
 लुम्बिनी सामाजिक विकास केन्द्रले आयोजना गरेको स्थानिय निकायको कानुनी र नीतिगत व्यवस्था पालना अनुगमन समिक्षा गोष्ठीमा मनतब्य राख्दै भुसालले यस्तो बताउनु भएको हो । शुसासन र पारदर्शीतामा जोड दिनुपर्ने भन्दै प्रमुख भुसालले नगरपालिकालाई भष्ट्राचार मुक्त बनाउन गैरसरकारी संस्थाको पनी उल्लेखनिय भुमिका रहने बताउनु भयो । 
सवै जनप्रतिनिधीहरुलाई एक रुपैयाँको पनी लोभलालचमा नपरी  निस्वार्थ रुपमा जनताको काम गर्न आग्रह गर्दे भुसालले भ्रष्टचार गर्ने मनसायले कोहि जनप्रतिनिधि बनेर आएको छ भने त्यो उसको दिबा सपना मात्र हुने बताउनु भयो । त्यस्तै कार्यक्रमा मनतब्य राख्दै उपप्रमुख ठाकुर कुमार विकले शुसासन तथा पारदर्शीतालाई कार्यान्वयन गर्न जनप्रतिनिधिको तर्फबाट कुनै पनि कसुर बाँकी नराख्ने बताउनु भयो ।
स्थानीय विकास अधिकारी प्रदिप पौडेलले  सुशासन र जवाफदेहिताको क्षेत्रमा आम नागरिकहरुले अनुभुती गर्ने गरी प्रत्येक स्थानीय तहका वडा कार्यालयहरुमा नागरिक वडापत्र र सुझाव पेटिकाको तत्काल व्यवस्थापन गर्नु पर्ने भन्दै गुनासो सुन्ने संयन्त्र निर्माण गरी त्यसको  कार्यान्वयनमा जोड दिनु पर्ने बताउनु भयो । 
कार्यक्रममा लोकतान्त्रीक गैरसरकारी संघका जिल्ला अध्यक्ष बाबुराम पौडेल,प्रागका  प्रेमनारायण गैरे, नेपाल पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी लेकाली लगायतले मनतब्य राख्नु भएको थियो । 
कार्यक्रम लुम्बिनी सामाजिक विकास केन्द्रका फोकल प्रसन हरीप्रसाद पौडेलको अध्यक्षता, कृष्ण पौडेलको सन्चालन  र सुरज सारुको सहजीकरणमा सम्पन्न भएको थियो ।