अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चले नयाँ मोड लियो, तदर्थ समितिका अध्यक्षद्धारा राजिनामा

पशुपति श्रेष्ठ 
अर्घाखाँची डट्कम साउन १ गते ।  अर्घाखाँचीवासीहरुको साझा संगठन अन्तर्राष्ट्रिय  अर्घाखाँची सम्पर्क मञ्चले नयाँ मोड ल्याएको छ । 
अर्घाखाँची जिल्लाबाट शिक्षा , रोजगारी लगायतको शिलशिलामा जिल्ला बाहिर रहेका अर्घेलीहरुलाइ समेटी संगठित भएको अन्तर्राष्ट्रिय अर्घाखाँची मञ्च केहि वर्ष देखी निष्क्रिय हुदै आएको थियो ।  विगत तिन दिन देखी संस्थालाइ मुर्तरुप दिन लागी परेका अर्घेलिहरु शनिवार बसेको बैठकले डिल्लीराज घिमिरेलाइ सर्वसहमत रुपमा अध्यक्ष पदमा निर्वाचित गराएका थियो  ६ जना उपाध्यक्ष पदमा निर्वाचित गराएपछि विवाद आएको बैठकमा आज भने नया रुप लिएको छ । 
तदर्थ समितिका अध्यक्ष राजु खड्काले राजिनामा दिदै शनिबार निर्वाचित भएका नव अध्यक्ष घिमिरेलाइ  सघाउदै ६ वटा उपाध्यक्ष पदमा विवाद रहेको विषयलाइ नजर अन्दाज  गरि ३ जनाको नाम पेस गरेपनि ४ जना अघाडी आएपछी  ठोस निर्णय भने पाउन सकेन । शनिबार निर्वाचित भएका अध्यक्ष  डिल्लिराज घिमिरे बाहेक अन्य पद बहाली गर्न नसकेपछी  अर्को बैठक सोमबार राती ९ बजे बस्ने गरि स्थगित भएको थियो ।