सन्धिखर्क नगर कार्यपालिकालाई पूर्णता, सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरे

घनश्याम पौडेल हिन्दुखबर
सन्धिखर्क, अर्घाखाँची, २ साउन । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क नगरकार्यपालिकाले पूर्णता पाएको छ । मेयर अध्यक्ष, उपमेयर उपाध्यक्ष, वडा अध्यक्ष र मनोनित सदस्यसहित सन्धिखर्क नगरकार्यपालिकामा २२ सदस्यीय भएको छ ।
महिला, दलित तथा अल्पसंख्यकको तर्फबाट निर्वा्चित सदस्यहरुले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचनको कार्यालयले सदस्यको निर्वाचनका लागि मनोनयनको दर्ता गर्दा कांग्रेस माओवादी तालमेलले संयुक्त मनोनयन दर्ता र एमालेले एक्लै मनोनयन दर्ता गरेको थियो ।
कार्यपालिका सदस्य पदमा निवार्चित भएका सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद बास्तोलाले प्रमाण पत्र वितरण तथा सपथ ग्रहण गराएका छन् । महिला सदस्य तर्फ पदमा भुसाल, बसन्ता केसी, यमकला थापा क्षेत्री, श्रृजना विक, हिमकला टोटा कांग्रेसबाट निवार्चित भए ।
दलित तथा अल्पसंख्यकमा कांग्रेसबाट लक्ष्मी नेपाली, माओवादी केन्द्रबाट मानबहादुर सुनार र रुपा विक निवार्चित भएको अधिकृत बास्तोलाले जानकारी दिए । सन्धिखर्क नगरपालिकाको प्रमुखमा कमलप्रसाद भुसाल र उपप्रमुखमा ठाकुर कुमार विक चुनिएका हुन ।