पश्चिमी भारतीय राज्य गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ ।
अविरल वर्षापछि आएको भीषण बाढीमा ती व्यक्तिहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार (आज) जानकारी दिएका छन् ।
गुजरात राज्यमा तीन दिनदेखि जारी यस प्रकोपमा परी ती व्यक्तिको ज्यान गएको पनि अधिकारीहरुले थप जनकारी दिएका छन् ।
बाढी प्रभावित क्षेत्रमा प्रकोप व्यवस्थापन बलले उद्धार कार्य जारी राखेको जानकारी दिइएको छ । बाढी प्रभावित क्षेत्रका करिब दुई हजार व्यक्तिलाई उद्धार गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
बाढी प्रकोपको मारमा पर्नसक्ने र उद्धार गरिएका व्यक्तिहरुलाई सुरक्षित स्थानमा लगिएको छ ।
पहाडी राज्य उत्तराखण्डमा सन् २०१३ मा बाढी पहिरोको चपेटामा परेको थियो । त्यतिबेला झण्डै ६०० जनाको मृत्यु भएको थियो भने पाँच हजार ७०० जना बेपत्ता भएका थिए ।
बेपत्ता भएका ठूलो संख्याका ती व्यक्ति पछि नभेटिएकाले उनीहरूको पनि मृत्यु भएको अनुमान गरिएको छ । रासस/सिन्ह्वा