भुमिकास्थान नगरकार्यपालिकाले पूर्णता पायो, लगभग सबै राष्ट्रिय जनमोर्चाबाट निर्वा्चित

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको भुमिकास्थान नगरकार्यपालिकाले पूर्णता पाएको छ । 
भुमिकास्थान नगरपालिका अर्घाखाँचीमा नगर कार्यपालिकाको निर्वाचन आज सोमबार सम्पन्न भएको छ । जसमा राष्ट्रिय जनमोर्चाका ६ जना, माओबादी केन्द्र १ र नेपाली कांग्रेसका १ जना विजयी भएका छन् । 
महिला, दलित तथा अल्पसंख्यकको तर्फबाट निर्वा्चित सदस्यहरुले  पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 
भूमिकास्थानको प्रमुखमा रेशम थापा र उपप्रमुखमा खडानन्द बेल्वासे चुनिएका हुन् । 

अन्य समाचारहरु