पहिरोका कारण सडक बन्द हुँदा पणेना, खिदिम, पोखराथोकका सयौ किसान मर्कामा

भुवन रायमाझी
खिदिम, अर्घाखाँची ३ साउन । अबरिल बर्षसंगै आएको पहिरोको कारण रैनादेवी पाल्पाको छहरा गाउँपालिकाको छहरा मेहलढाप देखी सल्लेधारा, तिनधारा हुदै अर्घाखाँचीको पणेना, खिदिम, पोखराथोक, सन्धिखर्क जाने बाटो बन्द हुदाँ सयौ किसान मर्कामा परेका छन ।
बाटो बन्द भएको १५ दिन भयो दुध र तरकारी बोकेर मेहलढाप पुराउन पर्छ गाडी चलेका छैनन मेहलढाप तिनधारे मोटर बाटो निमार्ण समितिका अध्यक्ष नारायण प्रसाद पोखरेल जानकारी दिए ।उनका अनुसार दैनिक १० देखी १५ जनाले घन्टौ बाटोमा काम गरिरहेका छन।
साविक छहरा गाविसकै बढी किसानको बसोबास रहेको सो क्षेत्र बाट दैनिक जसो दुध,तरकारीर फलफुल लगाएतका सामार्र्गी बजार पठाउने मुख्य सडक नै बन्द हुदा कृषक मारमा परेका छन ।
दैनिक २२० लिटर दुध उत्पादन हुन्छ तरकारी पनि तानसेन पठाउन पर्छ लगातार पानि परे पछि बाटो बन्द छ बाटो खुलाउन आफै किसानहरु एक जुट भएर बाटो खनिरहेका रहेको स्थानीय कृषक लेखनाथ पोखरेल बताय । दध बढी हुनछ गाउँमा खपत हुदैन बजार पठाउन सास्ती छ ।गाउँ बाट गाडी चल्दैनन माथी मेहलढाप पराउने हो गाडी प्याक हुन्छ सहज तरिकाले दुध ढुवानी नहुदा समस्या परेको अर्का कृषक काशिराम पोखरेल बताउछन । 
बाटो बन्द हुदा सावारी साधन र यात्रु लाई समस्या परेको छ ।यो बाटो भएर दैनिक र्दजन बढी साना ठुला सावारी साधन मेहलढाप देखी तिनगीरे हुदै अर्घाखाँची चल्न बाध्य छन ।
तस्बिर: मेहल्ढाप पणेना ।