सिद्धाराबाट ५ घण्टा पैदल, २ घण्टा गाडी चढेर मतदाता नामाबलीमा नाम लेखाउन सन्धिखर्कमा

फाइल तस्बिर । 

घनश्याम पौडेल  हिन्दुखबर

सन्धिखर्क, अर्घाखाँची, ३ साउन । सितगंगा नगरपालिका १० सिद्धाराकी १८ वर्षिय गिता माझी मंगलबार विहानै घरबाट मतदाता नामाबलीमा नाम लेखाउन सदरमुकाम सन्धिखर्क जान घरबाट हिडिन ।
अर्घाखाँची जिल्लाको विकट मानिएको सितगंगाको सिद्धाराबाट ५ घण्टा पैदल हिडेर चाक्ला सम्म आईन । सितगंगा नगरपालिकाको केन्द्र ठाडा चाक्लाबाट २ घण्टा गाडी चढेर १२० भाडा तिरी सन्धिखर्क आईन ।
विकट वस्ती रहेको सिद्धारामा उनलाई मतदाता नामाबलीमा नाम लेखाउँन खुलेको छ भनेर रेडियो सुनेर जानकारी पाएता पनी अन्य जनताहरुले त्यस क्षेत्रमा न त विजुलीबत्ती छ, न टेलिभिजन हेर्न पाईन्छ, न राम्रो सँग रेडियो सुन्न नै पाईन्छ, सञ्चार मााध्यम र विकासमा पछाडी परेको सिद्धारामा सवैलाई मतदाता नामाबलीमा नाम लेखाउन खुलेको छ भन्ने नै थाहा छैन ।
प्रदेश र केन्द्रिय चुनावका लागी भोट हानौला भन्ने उद्देश्यले हिडेर र गाडीभाडा तिरेर आफै स्वतफुर्त रुपमा मतदाता नामाबलीमा नाम लेखाउन आईन माझी । उनीसँगै ४ जना सिद्धाराबाट ५ घण्टा पैदल तथा २ घण्टा गाडी चढेर सँगै आएको बताईन । धेरै समय लाईनमा लागी रहन प-यो, टाढाकालाई त लाईन नलागी नामावलीमा नाम लेखाउने व्यवस्था गरिदिएपनी हुन्थ्यो उनले गुनासो पोखिन ।
सदरमुकाम सन्धिखर्क १० अर्घा निवासी ७० वर्षिय तिला चुदाली पनी मतदाता नामाबलीमा नाम लेखाउँन ४ घण्टा पैदल हिडेर सन्धिखर्क आईन । २०७० सालमा मतदान गरेकी चुदाँलीको मतदाता परिचय पत्र हराएर स्थानिय तहको चुनावमा मतदान गर्न पाईन, अहिले हिडेर नै नामाबलीमा नाम लेखाउन आए निवार्चन कार्यालय आए उनले भनिन । उनी मतदाता नामाबलीमा नाम लेखाउन झण्डै २ घण्टा लाईनमा बसिन । उनले बृद्धबृद्धाहरुलाई लाईनमा नबसी मतदातामा नाम लेखाउने व्यवस्था गरिदिएको भए सहज हुने थियो गुनासो पोखिन ।
सन्धिखर्क नगरपालिका १० अर्घाका नै ६४ वर्षिय गोपाल बहादुर राना भाटले अहिलेसम्म मतदान गरेका छैनन । पहिले इन्डिया बसेको थिए, नेपाल आएर बस्न थालेको २ वर्ष भईसक्यो, स्थानिय तहको चुनावका लागी गाउँमा नै मतदाता नामाबलीमा नाम लेखाउन गएका रैछन, थाहा नै पाईन उनले भने ।
स्थानिय तहको निवार्चनमा मतदान गर्न नपाएपनी प्रदेश र केन्द्रिय सासंदको चुनावमा मतदान गरी राम्रो नेता चयन गर्ने इच्छा भई नाम लेखाउन आए उनले भने ।
पाणिनी गाउँपालिका ७ अड्गुरीका कृष्णबहादुर परियार गाउँमै बसेर सिलाई गर्छन, तर उनको पनी मतदाता नामाबलीमा नाम छुटेछ, गाउँमा नै नामाबली संकलन गर्न गएका थिए, नामाबलीमा नाम छ होला भनेर ख्याल नै गरिन, नाम छुटेछ, स्थानिय तहमा मतदान गर्न पाईएन उनले भने । अव प्रदेश र केन्दिय सासंदको चुनावमा मतदान गर्ने भनेर सदरमुकाममा नै मतदाता नामाबलीमा नाम लेखाउन धाएको छु उनले भने ।
जिल्ला निवार्चन कार्यालय अर्घाखाँचीमा मतदाता नामाबलीमा नाम लेखाउन भिड्भाड्, छ, कर्मचारीहरु व्यस्त छन । अशक्त, हिड्न नसक्ने ट्याक्सी रिजर्भ गरेर नामाबलीमा नाम लेखाउन पनी आईरहेका छन ।
नागरिकता बनेका १६ वर्ष देखी ८० वर्ष सम्मका नामाबलीमा नाम लेखाउँन आईरहेको जिल्ला निवार्चन कार्यालयका प्रमुख महेश पाण्डेले बताए ।