सुपादेउराली मन्दिरलाई कुर्सी र कार्पेट सहयोग


सुर्य भुसाल 
सुपा देउराली, अर्घाखाँची । अर्घाखाँची जिल्लामा रहेको प्रख्यात सुपादेउराली मन्दिरमा सन्धिखर्कका एक ब्यबसायी जोडीले स्टिलका ६ वटा कुर्सी र ५५ मिटर कार्पेट सहयोग गरेका छन् । सुपा देउराली मन्दिरमा भेटीबाट दैनिक दशौ हजार रुपैया आम्दानी हुन्छ ।  
सुपादेउराली मन्दिरमा आउने दर्शनार्थीहरुलाई बस्न र मन्दिर वरिपरि खाली खुट्टामा हिडन अप्ठ्यारो भएको महसुस गरि सन्धिखर्क १ निबासी सफल यातायात ब्यबसायी तथा पश्चिम नेपाल बस ब्यबसायी संघका सदस्य तथा अर्घाखाँची रुट इन्चार्ज राम बहादुर बस्नेत र माया बस्नेतले मन्दिर परिसरमा स्टिलका ६ वटा कुर्सी र ५५ मिटर कार्पेट सहयोग गरेका हुन् । 
दैनिक  हजारौं भक्तजनहरुले दर्शन गर्न आउने मन्दिरका भक्तजनहरुलाई सजिलोहोस् भनेर १ लाख १४ हजारको उक्त सहयोग गरेको उनले बताए । मन्दिर परिसरमा सुधार गर्न पर्ने महसुस गरि आबश्यक सामग्री सहयोग गरेका हुन् ।  
उता पहिला पहिला भन्दा मन्दिर क्षेत्रमा सम्पुर्ण ब्यबस्थापन चुस्त दुरुस्त पारिएको छ । भक्तजनहरुको चापलाई ध्यानमा राखी सबारी साधन पार्किङको लागि थप ब्यबस्थापन गर्न पर्ने महसुस भएको छ ।