अर्घाखाँचीमा बन डढेलो नियन्त्रणमा सहयोग गरेका बिभिन्न संघसंस्था र ब्यक्तिहरु पुरस्कृत (तस्बिर सहित)

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची साउन ५ । जिल्ला बन कार्यालय अर्घाखाँचीले आर्थिक बर्ष २०७३-०७४ मा अर्घाखाँची जिल्लाको बन डढेलो नियन्त्रणमा उल्लेखनिय भुमिका निर्बाह गरेको भन्दै जिल्ला स्थीत बिभिन्न संघसंस्थाहरु र ब्यक्तिलाई  आज एक कार्यक्रमको आयोजना गरी पुरस्कृत एवं सम्मान गरेको छ । 
सम्मान कार्यक्रममा मनतब्य राख्दै प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखे्रलले सबैको सक्रियता र सहयोगको कारण जिल्लामा अघिल्ला बर्षहरुमा भन्दा यस बर्ष आगलागीका घटनाहरु र बन डढेलोमा नियन्त्रण भएको भन्दै सम्पुर्ण सरोकारवालाहरु लाई धन्यबाद दिदै आगामी दिनहरुमा पनि सबैको चासो र सहयोगको आबश्यकता रहेको बताउनु भएको थियो ।
जिल्ला बन कार्यालयका प्रमुख दिपक ज्ञबालीको अध्यक्षता र कार्यालयका कर्मचारी रुद्र ज्ञबालीको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा जिल्लाका चार वटा रेडियोहरु सामुदायीक रेडियो अर्घाखाँची, रेडियो देउराली, सुर्यदय एफएम र नयाँ एफएमलाई नगद पुरस्कार र सम्मानपत्र सहित सम्मान गरीएको थियो । 
त्यसैगरी नेपाली सेना,नेपाल प्रहरी र अन्य बिभिन्न कर्मचारीहरु गरी  चौध जना ब्यक्तीत्वहरुलाई पनी बन डढेलो नियन्त्रणमा उत्कृष्ट भुमिका निर्बाह गरेको भन्दै सम्मान गरीएको थियो ।