अर्घाखाँचीमा गोरु पाल्ने चलन बिस्तारै हट्दै

घनश्याम पौडेल हिन्दुखबर
सन्धिखर्क, अर्घाखाँची, ६ साउन । बढ्दो आधुनीकता र बैदेशीक रोजगारको कारण परम्परागत कृषीको भरपर्दो माध्यम गोरु पाल्ने चलन बिस्तारै हट्दै गएको छ । कृषी प्रधान देश नेपालमा खेतबारी जोत्न, दाइ राख्न तथा विभीन्न कृषी कर्मको लागि सवैभन्दा महत्वपुर्ण मानिने हुने गोरु बजारमा ट्याक्टर, हातेट्याक्टर, मिनीटेलर हलो तथा आधुनीक मेसीनहरु भित्रिय सँगै दिनप्रतिदिन हराउदै गएका छन् ।
तुलनात्मकरुपमा आधुनीक मेसीन भन्दा ढिलो,खर्चीलो हुनुका साथै जोत्दा पनी दुख हुने भएकाले मानीसहरु गोरु पाल्न बेवास्ता गर्न थालेका छन् । साथै गाउँमा गाइ पाल्ने क्रम कम भएकाले पनी गोरुको संख्यामा कमी आएको अर्घाखाँची बासीँको भनाइरहेको छ ।
बजारमा सहुलीयत मुल्यमा मिनीटेलर हलो, ट्याक्टर लगाएतका कृषी ओजारहरु भित्रीन थालेका छन । कृषीलाइ व्यावसायिक बनाउनको लागी गोरुको प्रयोगले मात्र सम्भव नरहेको भन्दै सरकारले समेत प्रविधी प्रयोग गर्न प्रोत्साहन गरीरहेको छ । सरकारले कृषीमा आधुनिकीकरण भन्दै विभीन्न समयमा अनुदानका कार्यक्रमहरु समेत ल्याउने गरेको छ ।
गोरुको प्रयोग गर्दा स-साना सुर्का बारी, छेउटुप्पामा जोत्न असहज हुने भएकाले पनी मेसीनको प्रयोग बढ्दै गएको छ । तर कतीपय गाउँहरुमा अहिले गोरु पनी नपाल्ने तथा प्रविधी पनी नभित्राउदा कामको समयमा भने गोरु अभाव खड्कीन थालेको छ ।