अर्घाखाँचीमा जिल्ला समन्वय समितिको लागि कांग्रेस-माओवादी केन्द्र मिले गोलाप्रथा

सन्धिखर्क । फाइल तस्बिर 

घनश्याम पौडेल हिन्दुखबर
सन्धिखर्क, अर्घाखाँची, ७ साउन । अर्घाखाँची जिल्लाका ६ मध्ये ४ स्थानीय तहमा जितेर जिल्लाको सवैभन्दा ठुलो दल बनेको कांग्रेसले जिल्ला समन्वय समितिको नेतृत्व लिनका लागि एउटा भोटको आवश्यकता भएको छ ।
जिल्ला समन्वय समिति गठनका लागि आवश्यक बहुमत नभएको र पहिले पनी कांग्रेस माओवादी गठबन्धन गरेर स्थानिय तहमा चुनाव लडेकोले कांग्रेस र माओवादी समन्वय समितीमा मिल्ने धेरैको आकंलन छ । नगर र गाउँको प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमा तालमेल पछी फेरी पनी गाउँ र नगर कार्यपालिकामा पनी कांग्रेस र माओवादीले तालमेल गरी चुनाव लडे ।
जिल्लाका ६ स्थानीय तहमध्ये कांग्रेसबाट ४ तहको प्रमुख २ तहको उपप्रमुख गरी ६ जना निर्वा्चित भएका हुन । माओवादीको १ प्रमुख र २ उपप्रमुख छन । कांग्रेस र माओवादी जिल्ला समन्वय समितीमा मिलेमा बहुमत पुग्छ । एमालेबाट १ प्रमुख र २ उपप्रमुखमा गरी ३ जना निर्वा्चित भएका छन् ।
कांग्रेसको विरुद्धमा एमाले र माओवादी मिले पनी ६-६ हुन्छ, जहाँ गोलाप्रथा गर्नुपर्छ, गोलाप्रथामा नेतृत्व जसको पक्षमा पनी जान सक्छ । एमालेसँग माओवादी मिल्दा पनी बहुमत नपग्ने भएपछी एमाले र माओवादी मिल्ने सम्भावना पनी कमै छ । बहुमत नपुग्नेमा भन्दा माओवादी बहुमत पुग्ने सँग नै मिल्छ । पहिले नै स्थानिय तहमा कांग्रेस र माओवादी तालमेल हुनुभन्दा पहिले नै समन्वय समितीमा गठबन्धन गर्ने सहमती भएको हुनसक्छ ।
कांग्रेसका आकाक्षी
जिल्ला समन्वय समितीको प्रमुख बन्नका लागी कांग्रेसबाट आकाक्षीहरु देखा परेका छन । कांग्रेसका पुर्व जिल्ला सभापती पिताम्बर भुसाल पनी वडा सदस्यबाट निवार्चित भए । उनी समन्वय समितीको दाबेदार हुन ।
सितगंगा नगरपालिकाबाट प्रमुखका दाबेदार तथा जिल्ला सचिव छबिलाल पौडेल नगरपालिकाको प्रमुख छोडी वडा सदस्यमा विजयी भए । विजयी भएसँगै उनी जिल्ला समन्वय समितीको प्रमुखका लागी दाबेदार उम्मेदवार बनेका छन ।
कांग्रेसले ६ ठाउँमा प्रमुख र उपप्रमुख जितेकोले कांग्रेसबाट आकाक्षी बढी देखिएपनी समन्वय समितीमा को आउने भनेर पार्टीभित्र कुनै छलफल नभएको जिल्ला उपसभापती शान्ता भण्डारीले बताईन, उनले समन्वय समितको प्रमुखका लागी आ-आफै आफनो पक्षमा ल्याउन आकाक्षीहरुले लविङ सुरु गरिसकेतापनी पार्टीको बैठकबाट छलफल गरी उम्मेदवार तय हुने बताईन ।
नेकपा एमालेबाट समन्वय समितीको प्रमुखका लागी आकाक्षीहरु चर्चामा आएका छैनन ।