सुर्य भुसाल
काठमाडौं । अर्घाखाँची जिल्लामा जन्मिएर खासगरी काठमाडौंमा उच्च शिक्षा अध्ययनको निम्ति रहेका युवा विद्यार्थीहरुको सक्रियतामा खोलिएको सुपादेउराली युथ नेटवर्कका युवाहरु आफ्नो संस्थाको स्थापना भएको दिनदेखि बाग्मती बिष्णुमती सरसफाइ अभियानमा सरिक हुँदै आइरहेका छन ।
यसै क्रममा हिजो साउन ७ गते नेटवर्कका सल्लाहकार तथा सामाजिक अभियन्ता नारायण खत्रीको नेतृत्वमा काठमाडौंको क्षेत्रमा सरसफाइ अभियान सम्पन्न भएको छ । नेटवर्कका अध्यक्ष बिराज घिमिरे सहित २० जना युवाहरु सकृय रुपमा सहभागी भएका थिए ।
हरेक हप्ता त हामी आफुहरु जाने गरेकोमा यसपटक नेटवर्कका सल्लाहकारको अगुवाइमा यो सामाजिक कार्यमा सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको सहभागी हरुले बताए ।
अर्घाखाँची जिल्लाका शान्तिबगैचा र लदाम बगैंचा आधुनिकीकरणका अभियन्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले काठमाडौंको बाग्मती सरसफाइ अभियानमा भौतिक रुपमा नै सरिक हुन पाउँदा आफूलाई अत्यन्तै खुसिको अनुभुती भएको बताउनु भयो ।
आफु जहाँ रहेपनी जहाँ गएपनी सामाजिक कार्यमा सहभागी भै रहन प्रेरणा मिलेको बताउनु भयो । बाग्मती बिष्णुमति सरसफाइ अभियानको १५० औं अभियानमा नेकपा एमालेका अध्यक्ष के.पि . ओलि ,नेपाली कांग्रेसका युवानेता गगन थापा ,कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस,)चर्चित हास्य कलाकार मनोज गजुरेल ,काठमाडौं महानगरपालिका का नवनिर्बाचित प्रमुख ,उप- प्रमुख लगायत विभिन्न संघसंस्था ब्यक्तिहरुको सहभागीता रहेको थियो ।
उक्त समारोहमा काठमाडौंका मेयर उपमेयरलाई फोहोर राख्ने डस्बिन र कुचो हस्तान्तरण गरिएको थियो ।