अफगानिस्तानमा तालीवानी विद्रोहीले सातजना गाउँलेको हत्या गरेका छन् ।
कान्दाहार प्रान्तका ७० भन्दा बढी गाउँलेलाई कब्जामा लिएर तालीवानीले सात जनाको हत्या गरेका हुन् ।
कब्जामा लिइएका ३० जनालाई भने रिहा गरिएको छ भने बाँकी ३० जना गाउँलेको अवस्था अज्ञात रहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
सरकारलाई सहयोग गरेको आरोपमा गाउँलेलाई कब्जामा लिइएको तालीवानले उल्लेख गरेको छ ।
अफगानिस्तानमा सरकार र तालीवानी बिद्रोहीबीचका संघर्षका क्रममा यो बर्षमात्रै एक हजार ६ सय जना निर्दोष नागरिक मारिइसकेका छन् । (एजेन्सी)