पाणिनी गाउँपालिकाको पटौटी निगालीमा छुर्पि उत्पादन

पटौटी, अर्घाखाँची, ८ साउन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ४ पटौटी निगालीमा गईयो भने सधै नसालु प्रदार्थ सेवन गर्नेलाई पनी छुर्पि खाउँखाउँ हुन्छ ।
छुर्पि खाउँ सुर्ति हटाऔ भन्ने नाराका साथ सञ्चालनमा आएको निगाली छुर्पि उद्योगमा गाउँभरिमा उत्पादन हुने गाई र भैसीको दुध संकलन गरी छुर्पि, दहि, पनिर, आईसक्रिम, कुरौनी, खबा लगाएतका दुग्ध जन्य पदार्थ बनाउदा सानो निगाली बजार नै दुग्धमय हुन्छ ।
जिल्लाको सदरमुकाम सन्धिखर्कमा दुध विक्रिका लागी पाई नपर्ने भएसँगै छिमेकी जिल्ला पाल्पाको सदरमुकाम तानसेनमा दुध बिक्री गर्ने निगाली दुग्ध उत्पादक सहकारी संस्थाले अहिले गाउँमै छुर्पि सँगसँगै दुग्धजन्य पदार्थको उत्पादन सुरु गरेको छ ।
आफनै गाडीँ नहुदाँ वर्खामा कहिले गाडी नपाईने कहिले बाटोमा दुध पोखिने लगाएतका समस्या आएसँगै आवश्यक मेसिनहरु खरिद गरी छुर्पि उद्योग खोलीएको हो, सहकारीका सचिव तिलक गैरेले भने ।
छुर्पि प्रतिकेजी ७५० रुपैयाँ, पनिर प्रतिकेजी ५०० रुपैयाँ, घिउँ प्रतिकेजी ६०० रुपैया र आईसक्रिम सोलीमा राखेर २० रुपैयाँमा विक्री गरिदै आएको छ, गाउँमा भएपनी दुग्धजन्य पदार्थको उत्पादनले घाटा छैन गैरेले भने ।
दूध उमाल्ने, फटाउने, छान्ने, मेसिनमा पेल्ने, क्रिम काट्ने, आगोमा सुकाउने, काटेर टुक्रा पार्ने लगायत काममा उद्योगले केहीलाई रोजगारी पनी दिएको छ ।
९ वर्ष अगाडी १३ लिटर दुधबाट सुरु भएको डेरीमा अहिले साढे चार सयँ दुध उत्पादन हुन्छ, स्थानिय व्यक्तिहरुले नै ६० लिटर दुध लैजान्छन, अन्य दुग्ध जन्य पदार्थ बनाउन दुध प्रयोग गर्दै आएका छन ।
दुग्ध जन्य पदार्थ बनाउनका लागी सहकारीसँग १००० लिटरको चिलिम भ्याट, १६ वटा क्यान र २ वटा सेन्टीफयुज रहेका छन । डेरी सञ्चालन गर्नका लागी जिल्ला पशु सेवा कार्यालय अर्घाखाँची, जिल्ला विकास समिती र साविकको पटौटी गाविसले आर्थिक सहयोग गरेको सहकारीका अध्यक्ष यमलाल पाण्डेले बताए।
सहकारीले कृषकहरुवाट उत्पादित दुधल्याक्टोमिटर, ट्याम्पेचरले नाप्दागाईको दुधऔसतमा ४० देखि ५० र भैसीको दुध ५० देखि ७५ रुपैयासम्म पर्छ कोषाध्यक्ष शिवलाल घिमिरेले भने । पटौटीको मात्र होईन पाणिनी ६ धतिवाङ्गमा उत्पादन भको दुध पनी खपत गरेका छौ, छुर्पि तथा दुग्ध जन्य पदार्थ बुटबल, चितवन र पोखरा विक्रीका लागी पठाएको सचिव गैरेले बताए ।
युवाहरु रोजगारीको लागी देशवाट बाहिरी रहेको अवस्थामा गाउँमै केही गरेमा उदारणीय बन्न सकिने बाटो सहकारीले देखाएको छ । सोही सहकारी संस्थाले उत्पादन गरेको दुध खरिद गरी विक्री गर्दा कृषकहरु आत्मनिर्भर बनेका छन ।
आफै नगरे सम्म अरुलाई मुखले भनेर मात्र हुदैन, परिवर्तन आफैबाट गर्नु पर्छ भन्ने मान्यताका साथ पशुपालनवाट स्थानिय कृषकहरु मनग्य आम्दानी गर्न सफल भएका छन । कुराले मात्र हुदैन जब सम्म उत्पादन गर्न सकिदैन जति क्रान्तिका कुरा गरे पनि सहकारीको सहयोगमा स्थानिय आत्मनिर्भर हुन आफैले नै मिहिनेत गर्नुपर्ने कृषक विष्णु प्रसाद घिमिरेले बताए । उनको घरमा २ भैसी र ३ गाईपालन गरेका छन । उनले पशुपालनवाट दुधविक्री गरेर वार्षिक ५ लाख आम्दानी हुने बताए ।
निगाली दुग्ध उत्पादन सहकारी संस्थाबाट दुध उत्पादन भएपनी देउराली छुर्पि उद्योग तिलक गैरेको व्यक्तिगत लगानीमा सञ्चालन भएको हो ।
गैरले ३ वर्ष भारत बसेर काम तथा दुग्धजन्य पदार्थ बनाउन सिकी आफनै भुमिमा आई नमुना कार्यको सुरुवात गरे । दुग्धजन्य पदार्थ सँगसँगै मौरीपालन व्यवसाय पनी गैरेसँग छ । प्रतिकिलोको ८०० रुपैयाँले मह विक्री हुन्छ, वार्षिक १ क्वईन्टल उत्पादन हुन्छ गैरेले भने । सँगसँगै कुखुरापालन व्यवसाय पनी सञ्चालन गरेका छन । कृषिमा अदुवा खेती तथा आफनै किराना पसल पनी सञ्चालन गरेका गैरे गाउँकै नमुना कृषक तथा गरेमा जे पनी सम्भव छ भन्ने उदाहरणका पात्र बनेका छन । घनश्याम पौडेलले हिन्दुखबरमा समाचार लेखेका छन् ।