अर्घाखाँचीकी जलेर गम्भीर घाइते किशोरी पैसाको अभावले उपचार गर्न नसक्दा भैरहवाबाट फिर्ता

गम्भीर घाइते १६ बर्षिया किशोरी साबित्रा परियार अर्घाखाँची जिल्ला अस्पतालमा ।
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नं. २ ढाकावाङकी एक आगोले जलेर गम्भीर घाइते किशोरीको आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसक्दा परिवारले भैरहवाबाट फिर्ता गरी पुन: अर्घाखाँची ल्याएका छन् ।
साविक ढाकावाङ-८ नरसिंहधाराकी १६ बर्षिया साबित्रा परियार आगोले जलेर गम्भीर घाइते भई जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारपछि बुटवल पठाइएको र बुटवलबाट थप उपचारको लागि भैरहवा पठाएकोमा आर्थिक अभावका कारण उपचारको क्रममा परिवारले पुन: अर्घाखाँची जिल्ला अस्पतालमा ल्याएका हुन् ।
बुटवल, भैरहवामा उपचार गर्दा ऋण खोजेर लगेको ७० हजार पनि सकिएर अस्पतालले पैसा बिना थप उपचार हुन नसक्ने भने पछी उनीकी आमाले छोरी सावित्रालाई फर्काएर अर्घाखाँची अस्पतालमा ल्याउन वाध्य भएकी हुन् ।
स्थानिय विधालयमा कक्षा ९ मा पढदै गरेकी साबित्रा १५ दिन अगाडि आफ्नै घरमा ग्यास बाली नास्ता पकाउन खोज्दा पहिले नै ग्यास लीक भएको कारण एक्कासी जलेर गम्भीर घाइते भएकी थिईन् । उनको पुरा शरिर जलेको छ ।