अर्घाखाँचीका एक युवकको भैरहवामा करेन्ट लागेर निधन

अर्घाखाँचीडट्कम संवाददाता 
बुटवल । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका १२ का एक युवकको भैरहवामा करेन्ट लागेर  निधन भएको छ । 
शितगंगा नगरपालिका घर भई हाल रुपन्देहीको भैरहवा आँखा अस्पतालमा होटेल सञ्चालन गर्दै आएका प्रकाश घिमिरेको घरको छतमा सुकाएको कपडा उठाउन जाने क्रममा हावा चलिरहेको हुँदा बिधुतिय तारमा छुदा करेन्ट लागेर आईतबार बिहान ११ बजे निधन भएको हो ।
क्कासी करेन्ट लागेका २७ वर्षिय घिमिरेलाई उपचारको लागि भैरहवा स्थित मेडिकल कलेजमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । शव भैरहवाको भिम अस्पतालमा पोस्टमार्टम भई आफ्न्तको जिम्मा लगाएको छ । 

अन्य समाचारहरु