सन्धिखर्क, अर्घाखाँची ९ साउन । लोक तथा दोहोरी गायिका मिरा कौशलले सदाका बर्षहरुमा जस्तै यस बर्ष माकुरीले जालै बुन्यो काकरीको पातैमा तीज गित बजारमा ल्याएकि छिन ।
बिगतका बर्षहरुमा तीज गित संगै अन्य गित पनि बजारमा ल्याएर दर्शक तथा श्रोतालाइ भरपुर मनोरञ्जन प्रदान गरेकि मिराले यस बर्ष तीज बिशेष मौलिक भाकाको माकुरीले जालै बुन्यो तीज गित बजारमा ल्याएकी हुन ।
पछिल्लो समयमा तीज गितमा देखिएका बिकृति र बिसंगतीको अन्त्य गर्न र पुरानो मौलिक भाकाहरु लोप हुन लागेकोले पुरानो मौलिक भाकामा तीज गित बजारमा ल्याएको मिराले बताएकि छिन । कामना डिजिटल प्रालीले गितको अडियो तथा भिडियो बजारमा ल्याएको छ ।
अर्घाखाँचीको छत्रदेव गाँउपालिका वाड नमवर ५ छत्रगञ्जमा जन्मिएकी कलाकार कौसलले गएका बर्षहरुमा पनि मिराले कोखाइ कोखाइ हाम्म, रातो सारी, नाचभो ढल्केर लगायतका तीज गीतहरु बजारमा आएका थिए । तीन गीत बाहेक उनले मेरोत जीवन बेहाल भो लगायतका लोक दोहोरी गीतहरु गाएर सफल लोक गायीका बन्न सफल भएकि छिन ।