अर्घाखाँचीमा मतदाता नामाबलीमा नाम लेखाउनेको भिड

सन्धिखर्क, अर्घाखाँची । मतदाता नामाबलीमा नाम संकलन गर्नका लागी स्थानिय तहमा साउन १६ गतेबाट जाने भनेपनी जिल्ला निवार्चन कार्यालय अर्घाखाँचीमा मतदाता नामाबलीमा नाम लेखाउन जिल्लाबासीको उत्साह पुर्वक सहभागिता रहेको छ ।
जिल्ला निवार्चन कार्यालयका कर्मचारीलाई विहान १० बजेदेखी बेलुका कहिले ६ त कहिले ७ बजेसम्म चिया पानी खान नै फुर्सद हुदैन । एक व्यक्तिको मतदाता नामाबलीमा नाम लेखाउँन ४ देखि ५ मिनेट लाग्छ, आएकाहरुलाई फिर्ता पठाउदैनौ कम्प्युटर अपरेटर नारायणप्रसाद बन्जाडेले भने ।
स्थानिय तहमा साउन १६ गतेबाट निवार्चनको मिती घोषणा नहुदाँसम्म नामाबली संकलन निवार्चन कार्यालयले गर्नेछ । साउन १६ गतेदेखी नै बाहिरीजिल्लाको मतदाताहरुको लागी पनि मतदाता नामाबलीमा नाम लेखाउने तयारी निवार्चन कार्यालय अर्घाखाँचीले गरेको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिकाबाट अहिले मतदाता नामाबलीमा नाम संकलन गरिएतापनी अन्य स्थानिय तह भुमिकाथान, सितगंगा नगरपालिका, मालारानी, पाणिनी र छत्रदेव गाउँपालिकाका विभिन्न वडाहरुबाट नामाबलीमा नाम लेखाउँन सदरमुकाम आएका छन ।
स्थानिय तहमै नाम लेखाउँन सजिलो हुन्थ्यो किन सदरमुकाम धाएको भनेर नामाबलीमा नाम लेखाउने मतदातासँग प्रतिक्रिया बुझदाँ बर्खामासको समय छ, पछि फुर्सद नहुन पनि सक्छ, त्यही भएर सदमुकाम धाएको हो मतदाताहरुले भने ।
जिल्लाको सवैभन्दा बिकट सितगंगा नगरपालिकाका विभिन्न वडाहरुबाट पनी मतदाता नामाबलीमा नाम लेखाउन आएका छन । सितगंगा नगरपालिकाको केन्द्र ठाडाँमा मतदाता संकलन गर्न गएपनी सितगंगा ८, ९ र १० सिद्धारा, १४ सिमलपानी र ६ जलुकेका मतदाताहरुलाई नाम लेखाउँन केन्द्र ठाडा आउन हिडेर ६ घण्टा लाग्छ ।
नामाबलीमा नाम लेखाउन सदरमुकाम सन्धिखर्क १० अर्घा निवासी ७० वर्षिय तिला चुदाली पनी मतदाता नामाबलीमा नाम लेखाउँन ४ घण्टा पैदल हिडेर सन्धिखर्क आईन । २०७० सालमा मतदान गरेकी चुदाँलीको मतदाता परिचय पत्र हराएर स्थानिय तहको चुनावमा मतदान गर्न पाईन, अहिले हिडेर नै नामाबलीमा नाम लेखाउन आए निवार्चन कार्यालय आए उनले भनिन । उनी मतदाता नामाबलीमा नाम लेखाउन झण्डै २ घण्टा लाईनमा बसिन ।
सन्धिखर्क नगरपालिका १० अर्घाका नै ६४ वर्षिय गोपाल बहादुर राना भाटले अहिलेसम्म मतदान गरेका छैनन । पहिले इन्डिया बसेको थिए, नेपाल आएर बस्न थालेको २ वर्ष भईसक्यो, स्थानिय तहको चुनावका लागी गाउँमा नै मतदाता नामाबलीमा नाम लेखाउन गएका रैछन, थाहा नै पाईन उनले भने । स्थानिय तहको निवार्चनमा मतदान गर्न नपाएपनी प्रदेश र केन्द्रिय सासंदको चुनावमा मतदान गरी राम्रो नेता चयन गर्ने इच्छा भई नाम लेखाउन आए उनले भने ।
पाणिनी गाउँपालिका ७ अड्गुरीका कृष्णबहादुर परियार गाउँमै बसेर सिलाई गर्छन, तर उनको पनी मतदाता नामाबलीमा नाम छुटेछ, गाउँमा नै नामाबली संकलन गर्न गएका थिए, नामाबलीमा नाम छ होला भनेर ख्याल नै गरिन, नाम छुटेछ, स्थानिय तहमा मतदान गर्न पाईएन उनले भने । अव प्रदेश र केन्दिय सासंदको चुनावमा मतदान गर्ने भनेर सदरमुकाममा नै मतदाता नामाबलीमा नाम लेखाउन धाएको छु उनले भने । अशक्त, हिड्न नसक्ने ट्याक्सी रिजर्भ गरेर नामाबलीमा नाम लेखाउन पनी आईरहेका छन ।
नागरिकता बनेका १६ वर्ष देखी ८० वर्ष सम्मका नामाबलीमा नाम लेखाउँन आईरहेको जिल्ला निवार्चन कार्यालयका प्रमुख महेश पाण्डेले बताए । अहिलेसम्म मतदाता नामाबलीमा १९०० जनाले नाम लेखाएको जिल्ला निवार्चन कार्यालयले जानकारी दिएको छ । घनश्याम पौडेलले हिन्दुखबरमा समाचार लेखेका छन् ।