पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा विद्यार्थीलाई पोशाक अनिवार्य

पाणिनी बहुमुखी क्याम्पस। फाइल तस्बिर   
अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा विभिन्न निर्णय गर्दै स्वतन्त्र विद्यार्थी युनियनको चौथौ बैठक सम्पन्न भएको छ ।
युनियनको बैठकले क्याम्पसको शैक्षिक र प्राज्ञिक वातावरणलाई व्यवस्थित गर्न विद्यार्थीलाई पोशाकमा टाई सुट, परिचय पत्रमा अनिवार्यता, कम शुल्कमा कम्प्युटर कक्षा संचालन,  क्याम्पस क्षेत्रमा सोलार जडान, स्ववियु कार्यालयमा कम्प्युटर टेलिफोन जडान, नयाँ बसपार्क देखि माथिको सिढी निर्माणको लागि पहल, क्याम्पस क्षेत्र भित्र सरसफाई लगायतका निर्णय गरेको हो ।
बैठकपछि क्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्रीले आगामी नयाँ शैक्षिक सत्र देखि विद्यार्थीलाई पोशाकमा अनिवार्य गराउने बताए । साथै क्याम्पसको शैक्षिक विकासका लागि क्याम्पस प्रशासन र स्ववियु हातेमाले गरेर अगाडी बढ्ने बताए ।  
सम्पन्न बैठकमा नेविसंघका अध्यक्ष रुद्रमणि भुसाल, अनेरास्ववियुका ठाकुर भुसाल, अनेरास्ववियु छैठौका पुष्पा गैरे,  अखिल क्रान्तिकारीका सुदिप खनाल लगायतका स्ववियु प्रतिनिधिहरुको उपस्थित रहेको थियो । 
जिल्लाको पुरानो पाणिनी बहुमुखी क्याम्पसमा हाल ५५० जना भन्दा बढी विधार्थी रहेका छन् ।  
[DSCF2917.JPG]