अर्घाखाँचीका युवा व्यवसायी बाबुराम भुसालको बरिलै गाईका खुर लर्के तीज गित बजारमा (भिडियो)


प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ११ साउन । अर्घाखाँचीका युवा उद्यमी तथा ब्यबसायी बाबुराम भुसाललले  बरिलै गाईका खुर लर्के तीज गीत बजारमा ल्याउनु भएको छ ।
पछिल्लो समयमा तीज गितमा मौलिक र परम्परागत भाका भन्दा बिकृति र बसगती बढिरहेको भन्दै पुरानो मौलिक भाकामा बरिलै गाइका खुर लर्के तीज गीत बजारमा ल्याउनु भएको हो ।
पछिल्लो समयमा तीज गितमा देखिएका बिकृति र बिसंगतीको अन्त्य गर्न र पुरानो मौलिक भाकाहरु लोप हुन लागेकोले पुरानो मौलिक भाकामा तीज गित बजारमा ल्याएको भुसालले बताउनु भयो । जालकाडा म्युजिक प्रालीले गितको अडियो तथा भिडियो बजारमा ल्याएको छ ।
सन्धिखर्क नगरपालिकाको वडा नम्वर ९ अर्घामा जन्मिएका बाबुराम अर्घाखाँचीको कुशल युवा उद्यमी तथा ब्यबसायी हुनुहुन्छ । उहा सन्धिखर्कमा रहेकोखअर्घा मिनरल वाटर कम्पनि, साथी होटल, अर्घा जीम हाउस र आयुषा जनरल सप्लायर्सका सञ्चालक हुनुहुन्छ ।
रोजगारीको लागि विदेस गएर फर्किएपछि उहाले विदेसमा हैन स्वदेसमै केहि गर्नु पर्छ भन्ने मान्यताका साथ आफ्नै ब्यबसाय सञ्चालन गर्नु भएको हो । उहा जिल्लाकै सफल उद्यमी रहनु भएको छ ।
यस अघि उहाले मेरो प्यारो अर्घाखाँची लगायतका गीतहरुब जारमा ल्याउनु भएको छ।