अर्घाखाँची डट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँची डट्कम) । देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले सन्धिखर्क देखि बुटवलसम्म हाइसकाे भाडादरमा घटाएको छ ।
देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले सन्धिखर्क देखि बुटवलसम्म नयाँ भाडा दर ३६० रुपैया कायम गरेको छ । यस अघि अर्घाखाँची–बुटवलको एक तर्फी भाडा रू. ३८० थियो ।
यस्तै समितीले आगामी दिनमा तेलको मुल्य नबढेमा अर्घाखाँची– काठमाडौंसम्म चल्ने हाइसको भाडादरमा घटाऊने उल्लेख गरेको छ ।
उता लंका यातायात प्रा. लि . का ८ वटा सिट भएको स्कार्पियो गाडी रिजर्भ गर्दा ४ हजारमा बुटवलसम्म भाडा लिने गरेको देखिन्छ ।