अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पतंजली योग समिति अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिकाका नवनिर्बाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
पतंजली योग समितिले सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल र उपप्रमुख ठाकुर कुमार बिक लगायत वार्ड नं १-२ का अध्यक्षलाई सम्मान गरेको थियो ।
सन्धिखर्क लदाम बगैंचा चौरमा भएको सम्मान कार्यक्रममा जनप्रतिनिधिहरुले योग शिबिरलाई ब्यबस्थित रुपमा अगाडी बढाउन आबश्यक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।
तस्बिर: सहयोगी बिसी