गरिबी निबारण गर्न सहकारीको भुमिका महत्वपुर्ण हुने, अर्घाखाँचीका ६ वटै स्थानीय तहका प्रमुखहरुको भनाइ ( भिडियो, तस्बिर)

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १४ साउन । अर्घाखाँचीका ६ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखहरु एकै कार्यक्रममा सहभागी भएर स्वरोजगारको सृजना गरि गरिबी निबारण गर्न सहकारीको भुमिका महत्वपुर्ण हुने बताएका छन ।
सरकारी , सहकारी र निजी तीन खम्बे अर्थनितिमा सहकारीको भुमिका महत्वपुर्ण हुने भएकाले सहकारीको बाट विकास निर्माण गर्न सके अझ बढि पारदर्शी हुने बताएका छन ।
साथी सहकारी र अर्घाखाँची युवा परिषदले आज शनिबार सन्धिखर्कमा आयोजना गरेको  निर्बाचित जनप्रतिनिधिहरुको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले यस्तो कुरा औल्याएका हुन । कार्यक्रममा सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकालाई देसकै समृद्ध र नमुना नगरपालिका बनाउन आफु लागि रहेको बताउदै नमुना नगरपालिका बनाउन सहकारीको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो । उहाले  शुसासन र पारदर्शीतामा जोड दिनुपर्ने बताउदै सन्धिखर्क नगरपालिकालाई कसरी भष्ट्रचार मुक्त बनाउन सकिन्छ, भनेर लागिरहेको  बताउनुभयो   ।
चुनावी मैदानमा होमिदा कुनै राजनितिक दलबाट उठेर जितेपनी अव सवै नगरबाँसीको साझा व्यक्ती भएकोले सवै जनप्रतिनिधीले अव कसैले १ रुपैयाको पनी भष्ट्राचार नगरी शुसासन र पारदर्शितामा नगरपालिका लाग्ने बताउदै जनतालाई मुस्कान सहितको सेवा सहज रुपमा दिन आफु लागि रहेको बताए ।
नेपालको सबै भन्दा ठुलो सितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीले सितगंगा नगरपालिकामा दुखी, गरिव, विपन्न समुदायको वस्ती रहेको सितगंगाको बिकासका लागि सहकारीको बिकास अपरिहार्य भएको बताउनु भयो ।  नेपालको सवैभन्दा धेरै भौगोलिक क्षेत्र ओगटेको सितगंगा नगरपालिकाका धेरै गाँउहरुमा  अहिलेसम्म मोटरबाटो र  विजुली बत्ती बोलेको छैन ।
नौमुरे जलविद्युत आयोजना सञ्चालनका लागी हामिले आग्रह गर्ने हो, हामीसँग अधिकार नभएकोले राज्यसँग सञ्चालनका लागी पहल गर्ने बताउदै डमरु दह, बाणगंगा धाम ओझेलमा परेकोले यि पर्यटकिय स्थललाई प्रचारप्रसार गरी देशैभर चिनाउन पहल गर्ने बताए ।
भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले भुमिकास्थान नगरपालिकालाइ कृषि र पर्यटनमा अगाडी बढाउन आफुहरु लागेको बताए  । जनताको सेवाको लागि आफुले जितेको बताउदै सबै जनताको हक र हितमा काम अगाडी बढाउने धारणा राख्नु भएको छ ।
छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले छत्रदेवको सान सुन्दर शान्त र समृद्ध गाँउपालिका हाम्रो अभियान भन्ने नारा तय गरि नेपालकै नमुना गाँउपालिका बनाउने गरि कार्य योजना अघि बढाएको बताउनु भयो  । उहाले अर्घाखाँची युवा परिषदले खेलकुदमा महत्वपुर्ण भुमिका खेलेको बताउदै खेलकुदको विकासले देसको राष्ट्रियताको विकास हुने बताउनु भयो ।
उहाले सवै वडामा सामाजिक सुरक्षा भत्ता अर्थात बृद्ध भत्ता, एकल महिला भत्ता, तथा अपांग भत्ता वितरण गर्दाको दिन निशुल्क स्वास्थ्य शिविर आयोजना गरि स्वास्थ्य जाच र औषधी संगै भत्ता वितरण गरिने गाँउपालिकाले निर्णय गरेको जानकारी दिनु भयो ।
छत्रदेव गाँउपालिकाका सवै आठवटै वडामा वादरको समस्या भएकोले बर्षको दुइ महिना मकै खेती जोगाउन बादर हेरालुको ब्यबस्था गर्ने र किसानले उत्पादन गरेको खेतीको सुरक्षा गर्ने योजना बनाएको बताउनु भयो  । छत्रदेवलाइ मासु, अण्डा र दुधमा आत्म निर्भर बनाउने र आफ्नै घर रोजगारीको भर भन्ने नारालाइ सार्थकता तुल्याउने धारणा राख्नु भएको छ ।
मालारानी गाँउपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले सहकारी विना गाँउको विकास र आर्थिक विकास सम्भव नभएको बताउनु भयो । उहाले सहकारी मार्फत नँया नँया योजना मालारानी गाँउपालिकामा आफुले अगाडी सारेको बताउनु भएको छ  ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर विक, भुमिकास्थान नगरपालिकाका उपाध्यक्ष खडानन्द बेल्बासे,  पाणिनि गाँउपालिकाका उपाध्यक्ष लक्ष्मी गौतम, मालारानी गाँउपालिकाको उपाध्यक्ष प्रमिला गौतम, छत्रदेव गाँउपालिकाकि उपाध्यक्ष तुलसादेवी श्रेष्ठ लगायतले मन्तब्य राख्नु भयो ।
सन्धिखर्क १२ का वडा अध्यक्ष  नारायण खड्का, २ नम्वर वडा अध्यक्ष मोतीजंग रायमाझि, १ नम्वर वडाका अध्यक्ष युवराज बन्जाडे, छत्रदेव गाँउपालिका वडा नम्वर ५ का अध्यक्ष कमल पौडेल , सन्धिखर्क २ कि वडा सदस्य शुस्मा श्रेष्ठ लगायतले मन्तब्य राख्नु भएको थियो  ।
कार्यक्रममा साथी सहकारीका अध्यक्ष प्रकास भुसालले नेपाल तथा अर्घाखाँचीमा सहकारीको अबस्थाको बारेमा जानकारी गराउदै आफुहरुले गरेको कामका बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रम अर्घाखाँची युवा परिषदका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता र महासचिव धर्मराज भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।