अशोक पोख्रेल
कपिलवस्तु , श्रावण १४ । कपिलवस्तु जिल्ला अन्य जिल्लाको तुलनामा केहि अविकसित भएता पनि आफैमा प्राचिन मौलिक महत्व बोकेको जिल्ला हो । जिल्लाको पुर्वि भाग देखि पश्चिमि भाग सम्म प्रयटकिय स्थल ले भरिभराउ कपिलवस्तु जिल्ला प्रचार प्रसार र प्रयाप्त स्रोत साधनको अभावमा सधै पछाडि छ । यहाँका प्रयटकिय स्थल लाई सदुपयोग गरी प्रयाप्त प्रयटक लाई भित्राउन सकिने सम्भावना प्रवल छ । कपिलवस्तु जिल्ला प्रयटकिय हिसाबले मात्र पनि धेरै हद सम्म सक्षम बन्न सक्छ । प्राचिन कपिलवस्तु नगरी भगवान बुद्धको २५ वर्षे जीवनको क्रिडास्थल , राजा शुद्धोधनको राजधानि शाक्य नगर कपिलवस्तु नगरपालिका १२ स्थित तौलिहवा
देखि ३ कि.मि. उत्तर क्षेत्रफल करिव ३५ विगहा सरकारी स्वामित्व रहेको कुरा सबैमा अवगतै छ । विदेशि प्रयटन आएर यहाँको
माटोको टिका र माटोकै प्रसाद बनाउँछन , तर भगवान गौतम बुद्ध खेलेको स्थल सधै विकट , दुद्धले २५ वर्ष राज्य गरेको तिलौराकोट को भौतिक संरचना कतै मेटिएर त जाने हैन ?
सवैमा चासो बढेको छ । यस जिल्लामा भगवान गौतम बुद्धले २५ वर्ष राज्य गरेको तिलौराकोट क्षेत्र , तौलेश्वर मन्दिर , गौतम बुद्ध सगै
सम्वन्धित गोटिहवा लगाएतका प्रसस्त क्षेत्र , विश्व सिमसार क्षेत्र जगदिसपुर ताल , भितरिया मन्दिर , शिउराजका महत्व बोकेका क्षेत्र, उमरी गुफा लगायतका धार्मिक , साँस्कृतिक र प्रयटकिय महत्व बोकेका स्थल कपिलवस्तुमै छन ।
कपिलवस्तुमा अर्को निकै चर्चित प्रयटकिय स्थल शिवगढि मन्दिर पनि छ । त्यसै पनि कपिलवस्तु जिल्लाको पश्चिमि क्षेत्र पुर्वि क्षेत्रको तुलनामा विकट मानिन्छ । कपिलवस्तुको पश्चिमि क्षेत्रमा मात्र नभई पश्चिमि क्षेत्रको पहाडि इलाकामा पर्ने शिवगढि मन्दिर ऐतिहासिक , धार्मिक र प्रयटकिय हिसावको लागि निकै उचित देखिन्छ । तर शिवगढि मन्दिरको त्यति प्रचार प्रसार र विकास हुन नसक्दा अझै पनि मन्दिर प्रयटकिय हिसावले ओझेलमै देखिन्छ । यो मन्दिरको विकास र प्रचार गर्न सके मन्दिर संगै जिल्लाको नाम जोडिएर आर्थिक र प्रयटकिय हिसावले अगाडि आउने देखिन्छ । तर त्यस मन्दिरको राम्रो संग प्रचार प्रसार नगर्दा उक्त मन्दिरको महत्व दिन प्रति दिन
ओझेलमा पर्दै गएको छ । शिवगढि मन्दिरमा वर्षै भरी आन्तरीक तथा बाह्य पर्यटकहरु आउने गर्दछन । यहाँ विशेष गरी शिवरात्रिको अवसरमा ठुलो मेला लाग्ने गर्दछ , हजारौको संख्यामा दर्शनार्थि यहाँ आउने गर्दछन । शिव रात्रिको समयमा यो मन्दिरमा ५ दिन सम्म मेला लाग्ने गर्दछ । यस मन्दिरको राम्रो विकास हुन नसक्दा अन्य समयमा भने हिडन गाह्रो हुने भएको हुँदा , त्यति प्रयटक वा दर्शनार्थि मन्दिर जाने गरेको पाईदैन । व्यापारसंघ कपिलवस्तु , लगायतका विभिन्न संघ संस्थाले पछिल्लो समय शिवगढि मन्दिरमा केवलकार को बारेमा केहि पहल गरे पनि अहिले सम्म मन्दिरमा जाने राम्रो बाटो सम्म छैन ।
कपिलवस्तु जिल्लाको पश्चिमि सिमाना धानखोलाबाट करिव डेढ घण्टाको ठाडो पडाडि उकालो हिडे पछि शिवगढि मन्दिरमा पुग्न सकिन्छ । साविक शिवगढि गा.वि.स. अन्तर्गत रमुवादह बाट समेत यस मन्दिरमा पुग्न सकिन्छ । धान खोलाको दक्षिण पश्चिम पट्टिको चुरे पहाडको चुचुरोमा यस शिवगढि मन्दिर अवस्थित रहेको छ । मन्दिरको केहि तलतिर चौध वर्ष सम्म भगवान शिवको तपस्यमा बसेका बाबाको कुटि पनि रहेको छ । जसलाई मौनि बाबा भनेर पनि चिनिन्छ । यहाँ बाट अर्घाखाँचिका केहि गाविस , राप्ति नदि , दाङ जिल्ला र कपिलवस्तुका घना जङगल , फाँटका साथै भारतका केहि स्थान समेत दृश्यावलोकन गर्न सकिन्छ । यहाँ केवुलकारको संगै पर्यटकहरुलाई आकर्षक गर्नको लागि प्याराग्लाइडिंग को पनि राम्रो सम्भावना रहेको छ । तर यहाँका राजनितिदल , संघ संस्था र स्थानिय निकायले चासो न देखाउँदा उक्त मन्दिरको महत्व ओझेलमा पर्दै गएको छ ।
यहि असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानिय निकायको चुनावमा निर्वाचित नव जनप्रतिनिधिहरुले पनि शिवगढि मन्दिरमा केवलकारको लागि पहल गर्ने प्रतिवद्धता गरेका छन । यहाँका राजनितिक दल र संघ संस्थाले शिवगढि मन्दिरमा केवलकारको कुरा उठाउँदा स्थानिय निकै हर्षित हुन्छन । यस जिल्ला वासिले मात्र होईन यस मन्दिरको लागि छिमेकि जिल्लाहरु र देश भर लगायत विदेशी प्रयटक लाई समेत केवलकारको खाँचो परेको छ ।