साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्कले ग-यो जनप्रतिनिधिहरुलाई सम्मान

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची १४ साउन । आर्थिक उन्नतिको सहयात्री तपाई हाम्रो साथी, युबाहरुको एकता समाज सुधारमा अग्रसरता भन्ने मुख्य नारा सहित जिल्लामा स्थापना भएका संस्थाहरु साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ चुत्राबेसी र अर्घाखाँची युबा परीषद सन्धिखर्क २ चुत्राबेशीले आज संयुक्त कार्यक्रमको आयोजना गरी जिल्लाका तिनवटा नगरपालीका र तिनवटा गाँउपालीकाका प्रमख,उपप्रमुख एवं संस्था संग आबद्ध भएका बिभिन्न नबनिर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको कामना सहित बधाई शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
परिषद्का अध्यक्ष कृष्णप्रसाद भुसालको अध्यक्षता महासचिव धर्मराज भुसालको सञ्चालन र साथी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश भुसालको स्वागत मनतब्यमा सम्पन्न कार्यक्रममा मनतब्य राख्दै सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसालले जिल्लाका प्रत्येक वडाहरुमा सहकारी संस्थाहरुको स्थापना गरी अगाडी बड्नुपर्ने कुरामा जोड दिनु भयो । साथै भुसालले अर्घाखाँची
जिल्लालाई भ्रष्टचारमुक्त जिल्ला बनाउने उद्घोष गर्दे जनताको आर्थिक स्तर बृद्धिगर्नकोलागी सहकारीहरुको आवश्यकता रहेको बताउनु भयो । जनताले अहिले लगाईदिएको टिका माला र खादाको ऋण पाचँ वर्र्ष िभत्र जनप्रतिनिधिहरुले तिर्नुपर्ने भन्दै भुसालले ब्यक्तिगत स्वार्थ पुरागर्ने मनसायले कोहि जनप्रतिनिधि भएको भए आजै देखी जनप्रतिनिधीबाट फिर्ता हुन आग्रह समेत गर्नुभयो । त्यस्तै प्रमुख भुसालले जिल्लामा पछिल्लो समय बाँदर र जंगली  जनाबरको आतंकले सताएको भन्दै समधानकालागी सम्बन्धीत निकायहरुसंग छलफल गर्ने पनि बताउनु भयो ।
कार्यक्रममा सितगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारी भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार विक, भुमिकास्थान नगरपालीकाका उपप्रमुख खडानन्द बेल्वासे, पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम, छत्रदेव गाँउपालीकाकी उपाध्यक्ष तुलसादेवी श्रेष्ठ, मालारानी गाँउपालीकाकी उपाध्यक्ष प्रमिला क्षेत्री ,लगायत विभिन्न वडाहरुका अध्यक्षहरु र सदस्यहरुलाई
सम्मान गरिएको थियो ।
सन्धिखर्कमा कृयाशिल युबाहरुको सक्रियतामा संन्चालीत अर्घाखाँची साथी बचत तथा ऋण सहकारी संस्थामा हाल सम्म १ हजार ६ सय ४८ जना शेयर सदस्यहरु रहेका छन । त्यस्तै यस सहकारीले जिल्लाबाट सवैभन्दा बढी राज्यलाई कर तिर्नुको साथै डिभिजन सहकारी कार्यालय कपिलबस्तुबाट दुई पटक सम्म पुरस्कृत समेत भएको छ संस्थाले अहिले ११ जना ब्यक्तिहरुलाई प्रत्यक्षरुपमा रोजगार पनी दिएको छ । 
त्यस्तै अर्घाखाँची युवा परिषद्ले पनि जिल्लामा खेलकुद कार्यक्रमको आयोजना, बजार सरसफाई, होली पर्व,माघेसक्रान्ती,
रोपाईजात्रा लगायत धेरै पर्बहरुमा बिबिध कार्यक्रम गर्दे आईरहेको छ भने बिभिन्न सामाजीक कार्यहरुमा पनि यसले सक्रियतापुर्बक काम गर्दे आईरहेको सहकर्मी श्याम घिमिरेले खबर पठाउनु भएको छ ।