पटौटीका दलित बस्तीमा खानेपानीको सुविधा

तस्विर : घनश्याम पौडेल/हिन्दुखबर
पटौटी, अर्घाखाँची, १५ साउन । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट दक्षिणमा करिब ३५ किमीको दुरीमा अवस्थित साविक पटौटी गाविसमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्र्तगत २०६५ सालमा उक्त गाविसको वार्ड नं. ८ तल्ला निगाली भन्ने स्थानमा नागरिक सचेतना केन्द्रको गठन गरिएको थियो । केन्द्रमा ३० जना सुविधाबाट वञ्चित दलित महिलाहरुको मात्र सहभागिता रहेको छ । स्थानमा विकासका सवै सुविधाबाट समुदायका मानिसहरु वञ्चित रहेको कारण खानेपानी सम्वन्धि समस्याबाट पनि यो समुदाय ग्रस्त थियो ।
बस्ती नजिकै रहेका अन्य बस्तीहरुमा भने खानेपानीको सहज आपूर्ती हुदै आएको थियो । एलजिसिडीपि कार्यक्रम अन्तर्गत सुविधाबाट बञ्चित, पिछडिएको तथा पछाडी पारिएको बस्तीहरुको नक्शांकनमा सर्व सहमतीमा यो दलित बस्तीमा नागरिक सचेतना केन्द्रको गठन गरियो । नागरिक सचेतना केन्द्रमा हुने साप्ताहिक गतिविधीले यस केन्द्रमा आवद्ध महिलाहरु गाविसको सेवा प्रवाह, विकास निर्माण तथा आम नागरिका हक अधिकार र दायित्व प्रति चेतनसिल बन्दै गएका कारण सवै कार्यमा जागरुक बन्न थालेका थिए ।
खानेपानीका लागि यहाँका मानिसहरु तल्ला निगालीमा रहेको परम्परागत असुरक्षित एक मात्र कुवामा निर्भर रहेका थिए । उक्त स्थानबाट दिनमा वढीमा दुई गाग्री पानी लिन सकिन्थ्यौ । स्थानीय शासन तथा उत्तरदायि संयन्त्रको सचिवालय, जाउलाखेलको सहयोग र लुम्बिनी सामाजिक विकास केन्द्रको सहजीकरणमा स्थानीय निकायको कानुनी र नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रममा यस नागरिक सचेतना केन्द्रमा अनुशिक्षण कार्यक्रम राखिएको थियो, जसले यहाँका समुदायलाई आफ्नो वास्तविक माग राख्न तथा सो कार्यान्वयन पक्षमा थप जानकारी प्राप्त गरी यहाँका नागरिक सचेतना केन्द्रमा आवद्ध सदस्यहरुले सहभागितामुलक योजना तर्जुमाको समयमा खानेपानीको समस्यालाई मुख्य आधार बनाई उक्त समस्या समाधान गर्ने उद्धेश्यले गाविस परिषद्मा नासकेबाट एक मात्र योजना गुराँसधारा खानेपानी योजनालाईलाई पठाएका थिए । पटौटी गाविसले पनि नासकेको अवधारणालाई स्विकृत गर्दै उक्त योजना कार्यान्वयनका लागि परिषद्बाट स्विकृती प्रदान गर्याै ।
परिषद्बाट योजना स्विकृतीसंगै उपभोक्ता समिति तथा उपभोक्ता समिति भित्रको अनुगमन तथा सहजीकरण समिति सामाजिक परिचालक डेम बहादुर सार्कीको सहजीकरणमा निर्माण भयो । सुविधाबाट वञ्चित तथा दलित महिलाहरुको समुहले योजनालाई कार्यान्वयन गर्नेमा लाभान्वित समुह मात्र नभई गाविस परिवारलाई पनि शंकास्पद रहेको थियो । योजना सम्झौताका लागि गाविस परिवारमा उपभोक्त समिति जादा पनि गाविस परिवारले योजना कार्यान्वयनमा विशेष निगरानी अपनाइने विषयमा जोड दिएको उक्त योजना कार्यान्वयनका लागि गठित उपभोक्ता समितिका अध्यक्ष हुमकला बि.क.ले सम्झिन्छिन् ।
गाविसमा योजना सम्झौता कार्य सम्पन्न गरे पश्चात लाभान्वित समुहसंगको छलफलमा दलित महिलालाई गाविस परिवार तथा लाभान्वित समुहका गैर दलितले कार्य सम्पन्न गर्न नसक्ने रुपमा हेरेको विषय राख्दै योजना जुन कुनै मूल्यमा पनि पूर्ण गर्ने प्रतिवद्धतामा सवै लाभन्वित दलित समुहको साथ लिई तथा आवश्यक प्रकृयागत चरणको सन्र्दभमा सामाजिक परिचालक तथा स्थानीय निकायको कानुनी र नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रममा सहजीकरण गरिररहेका समुहसंगको समन्वयमा समितिले खानेपानी योजना सम्पन्न गर्नका लागि खानेपानीको मुहान देखि खानेपानी टँकी निर्माण स्थल सम्म ९०० मीटर तथा टँकी देखि धारा सम्मको २०० मीटर पाइप लाइन खन्ने, गिटी र बालुवा संकलन गर्ने, सामग्री ढुवानी गर्ने जस्ता कार्यमा जनश्रमदान करिव दुई लाख वरावरको गरी गाविसबाट प्राप्त तीन लाख असी हजार रुपैया मात्रको गुराँसधारा खानेपानी योजना प्रभावकारी रुपमा समयमा नै सम्पन्न गर्न सफल भएका छन् । योजनामा १ इन्टेक, ७ घनमिटरको १ टँकी तथा ४ वटा धारा निर्माण तथा १ हजार १ सय मिटर पाइप लाइन खन्ने पुर्ने कार्य सम्पन्न भएको छ । योजना सम्पन्न भए पश्चात योजनाको प्राविधिक मुल्याकंन, सार्वजनिक परिक्षणमा गाविसमा अनुरोध गर्दा गाविस स्तरिय अनुगमन तथा सुपरिवेक्षण समितिद्धारा पनि सुपरिवेक्षण गरिदा यस आ.व.मा सञ्चालित योजनाहरुमा उक्त गाविस यो योजना सवै भन्दा उत्कृष्ट योजनाको रुपमा सावित गरेका थिए । सुविधाबाट वञ्चित त्यसमा पनि दलित महिलाहरुको समुहले योजना कार्यान्वयनमा समस्या हुने तथा त्यस्ता योजना कार्यान्वयन नभई योजना तथा योजनाको रकम नै फ्रीज हुने मान्यता रहदै आएकोमा यस पटौटी गाविसको नागरिक सचेतना केन्द्रद्धारा गरिएको यो योजना समाप्तीसंगै नागरिक सचेतना केन्द्र आवद्ध महिलाहरुको मात्र नभई सो क्षेत्रमा बसोबास गर्ने गैर दलित समुह गरि जम्मा ३८ घरधुरी जसमा ३० घर दलित तथा ८ घर गैरदलित यो योजनाबाट लाभान्वित भएकोले दलित महिला तथा नागरिक सचेतनाको कार्यलाई नमुनाको रुपमा लिइएको छ ।
गठित उपभोक्ता समितिका अध्यक्ष हुमकला बिकले कार्यलाई प्रभावकारी रुपमा समयमा नै सम्पन्न गर्नका लागि लाभान्वित समुह तथा सहजीकरणमा गरिरहेको नागरिक समाजको समन्वय र सहयोगमा योजनालाई सफलता पूर्वक सम्पन्न भएकोमा अत्यन्त हर्षित रहेको बताइन् ।
घर नजिक नै पानी भए पछि अहिले घरमा दैनिक खानामा हरियो साग तथा तरकारीहरु प्नि आफै उत्पादन गरेको नागरिक सचेतना केन्द्रकी संयोजक हुमकला विकले बताइन । पहिला तरकारी खोज्न गाँउ डुल्नु पथ्र्यो तथा नजिकको बजार पटौटी देउराली सम्म पुग्नु पर्नेमा आजभोलि सबैको घरमा घरायसी प्रयोगका लागि हरियो तरकारीको समस्या भएको छैन ।
गाँउमा गएको बजेटको जवाफदेही तरिकाले स्थानीय जनताको प्रत्यक्ष सहभागितामा सदुपयोग गर्न सक्ने हो भने थोरै बजेटमा पनि योजनाहरु प्रभावकारी रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने नमुनाको रुपमा यो उदाहरणीय कार्यलाई अवलोकन गर्न सकिन्छ । यसरी उपलब्ध बजेट र योजना कार्यन्वयनमा भएको पारदर्शिताले यो योजना प्रति आम नागरिकको अपनत्व भएको महशुस खानेपानी योजनामा कुनै समस्या आएमा प्रत्येक लाभान्वित समुहका घरधुरीका व्यक्तिहरु मर्मत सुधारका लागि क्रियाशिल भएकोले पुष्टि गर्दछ, विकास निर्माणमा दिगोपनका लागि सबै योजना कार्यान्वयन गर्ने निकायले यसको देखासिकी गर्न जरुरी देखिन्छ ।  घनश्याम पाैडेलले हिन्दुखबर डट कममा समाचार लेखेका छन् ।