सिद्धारामा जन्म दिनको खर्च सिद्धाराका दलित तथा गरिब बिद्यार्थीहरुलाई

नबिन के.सी
सिद्धारा, अर्घाखाँची । जन्म दिनको अबसरमा गरिने खर्चलाई कटौति गरेर दलित तथा गरिब बिद्यार्थीहरुलाई शैक्षिक साम्रागी बितरण गरिएको छ । 
अर्घाखाँचीडट्कमका अन्तरराष्ट्रिय प्रमुख प्रतिनिधि तथा अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मन्चका अध्यक्ष डिआरजी घिमिरे सुमनको ३३ औ बर्षमा प्रबेश गरेर शुभ अबसरमा आईतबार सित गंगा नगरपालिका वडा नम्वर १० मा रहेको जनता आधारभुत बिद्यालय सिद्धारामा ५ जना बिद्यार्थीलाई एक कार्यक्रमका बिचमा सो साम्रगी स्तानतरण गरिएको हो । 
कार्यक्रका प्रमुख अतिथी १० नम्वर वडाका वडा अध्यक्ष हिम्मत पोख्रेलले आफनो जन्म दिनको अबसरमा बिद्यार्थीहरुलाई राहत मिलने गरि अनुकरणीय काम गरेको भन्दै धन्यावाद दिनु भएको थियो । बिदयालय व्यबस्थापन समितिका अध्यक्ष रेनु बेल्बासेले भनिन ‘बिकट क्षेत्रमा रहेको बिद्यालयमा बिद्यार्थीहरुलाई जन्मदिनमा यसरी कपी डट्पेन ,डे«स दिएको पहिलो पटक देखे अत्यन्तै खुसी लाग्यो सुमनको स्वास्थय लाभ तथा उहाँको समाज सेबा प्रतिको भावना अझै फराकिलो बन्दै जाहोस जन्मदिनको यहि सुभकामना ।’ बिदयालयका प्रध्यानाध्यापक मणिराम पोख्रेलले जन्म दिनमा गरिने फजुल खर्चलाई बचाएर बिद्यार्थीको हितमा प्रयोग गरेको डिआरजीलाई सुमनलाई जन्म दिनको अबसरमा सफलताको सुभकामाना दिनु भएको थियो ।
 शैक्षिक साम्रगी पाउनेहरुमा कक्षा १ बाट लक्ष्मी परियार ,२ सुमित बि.क , कक्षा ३ अनुप गुरुङ्ग , ४ बिकाश परियार र ५ यमकला नेपाली रहेका छन । 
कार्यक्रम बिदयालयका प्र.अ मणिराम पोख्रेलको अध्यक्षता ,सितं गंगा नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष हिम्मत पोख्रेलको प्रमुख आतिथ्यता ,अर्घाखाँची टाईम्सका प्रधान सम्पादक नबिन के.सी बिशेष आतिथ्यता ,बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष रेनु बेलबासेको आतिथ्यता र शुसिला पोख्रेलको सञ्चालनमा सम्पन्न भएको छ ।
सामान्य परिचय : 
डिल्लीराज घिमिरे – डिआरजी सुमन
    जन्म मिती – २०४१ साउन १५
 जन्म स्थान : मैदान ७ उपल्ला मसिना अर्घाखाँची
 आमा देवकी घिमिरे र पिता शिवलाल घिमिरे 
आज २०७४ साउन १५ तदनुसार  ३० जुलाई २०१७ सम्म आवद्ध मिडिया तथा सामाजिक संस्था :
सिआईडी तथा विदेश विभाग प्रमुख : 
– अर्घाखाँची डटकम् www.Arghakhanchi.Com
– अर्घाखाँची टाईम्स राष्ट्रीय साप्ताहिक 
– 
– केन्द्रीय पार्षद – स्वतंत्र पत्रकार महासंघ नेपाल
– संयोजक तथा संस्थापक : शान्ति सुरक्षा मिशन – पिएसएम नेपाल 
– अध्यक्ष तथा संस्थापक – अन्तराष्ट्रीय अर्घाखाची सम्पर्क मन्च 
– महासचिव तथा संस्थापक : नेपाली समाज चिली साउथ अमेरिका 
– आजीवन सदस्य : नेपाल रेडक्रस सोसाइटी