सन्धिखर्कका कुर, खाचिकोट र भूमिकास्थानका नुवाकोट, ढिकुरामा चितुवा र बाँदरको आतंक

Image result for प्रगतिनगर arghakhanchi
अर्घाखाँची डट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका र भूमिकास्थान नगरपालिकाका कैयौ गाउँमा चितुवा र बाँदरले मानिसहरुलाई आतंकित बनाएको छ ।  
सन्धिखर्कका खाचिकोटका दुवारा, डिहिडाँडा, भुजुङेका साथै कुर, किमडाँडा यस्तै भूमिकास्थान नगरपालिकाका साविक नुवाकोटको लात्तेमाझ, ढिकुरा, सलिनडाँडा, गैराकोट, सुर्सिङ लगायतका ठाउँहरुमा चितुवा र बाँदरले दिनरात आतंक मच्चाएका हुन् ।   
बाँदरले दिउँसो खेतबारी र घरभित्रको अन्न खाएर हैरान बनाएको छ भने साँझ- रातिमा चितुवाले । ति गाउँमा बाँदरको ठूलै बगाल बारीमा आएर मकै खाएर हैरान बनाएको छ । 
यस्तै चितुवाले साँझको बेलामा घर, गोठबाट नै बाख्रा पाठा खाने, आक्रमण गरेको देखिन्छ । अहिले सम्म सन्धिखर्क र भूमिकास्थानका ति गाउँहरुमा दर्जनौ बाख्रा, पाठा माथि आक्रमण गरिसकेको छ । 
अर्घाखाँचीमा पछिल्लो वर्ष बाघ र बाँदरको बिगबिगीले मानिसहरुलाई आतंकित बनाएको छ ।  
Related image
Image result for ढिकुरा arghakhanchi
Image result for प्रगतिनगर arghakhanchi