अर्घाखाँची जिल्ला समन्वय समितीको निवार्चनका लागी कांग्रेस र माओवादीले गठबन्धन गरे

सन्धिखर्क, अर्घाखाँची १६ साउन।  अर्घाखाँची जिल्ला समन्वय समितीको निवार्चनका लागी कांग्रेस र माओवादीले गठबन्धन गरेका छन । जिल्लाका ६ स्थानिय तहमध्ये ४ स्थानीय तहको प्रमुख र २ उपप्रमुख जितेको कांग्रेस र १ प्रमुख र दुई उपप्रमुख जितेको माओवादी तालमेल भएसँगै प्रष्ट बहुमत भएको छ ।
४ स्थानिय तह जितेर जिल्लाको सवैभन्दा ठुलो दल बनेको कांग्रेसले जिल्ला समन्वय समितिको नेतृत्व लिनका लागि एउटा भोटको कमी भएसँगै तालमेल गरेको हो । कांग्रेसले जिससको अध्यक्ष सहित ६ वटा महिला सदस्य र माओवादीले उपाध्यक्ष सहित ३ वटा पुरुष सदस्य लिएर तालमेल भएको कांग्रेस जिल्ला उपसभापती शान्ता भण्डारीले जानकारी दिईन ।
स्थानिय तहमा तालमेल गरेर लडेका कांग्रेस र माओवादीले कार्यपालिका हुदै जिल्ला समन्वय समितीमा आउदासम्म तालमेल जारी रहेको छ । एमालेबाट एक प्रमुख र दुई उपप्रमुखमा गरी ३ जना निर्वा्चित भएका छन् । पहिलेनै स्थानिय तहमा कांग्रेस र माओवादी तालमेल हुनुभन्दा पहिले नै समन्वय समितीमा गठबन्धन गर्ने भनेर सहमति भईसकेको कांग्रेसका एक नेताले बताए ।
कांग्रेसका आकाक्षी
जिल्ला समन्वय समितीको संयोजक बन्नका लागी कांग्रेसबाट आकाक्षीहरु देखा परेका छन । कांग्रेसका पुर्व जिल्ला सभापती पिताम्बर भुसाल पनी वडा सदस्यबाट निवार्चित भए । उनी समन्वय समितीको दाबेदार हुन ।
सितगंगा नगरपालिकाबाट प्रमुखका दाबेदार तथा जिल्ला सचिव छबिलाल पौडेल नगरपालिकाको प्रमुख छोडी वडा सदस्यमा विजयी भए । विजयी भएसँगै उनी जिल्ला समन्वय समितीको संयोजकका लागी दाबेदार उम्मेदवार बनेका छन । त्यस्तै कांग्रेसका पुर्व जिल्ला उपसभापती हरिहर आचार्य पनी आकाक्षी देखिएका छन ।
जिससको संयोजकका लागी धेरै आकाक्षी भएकोले कांग्रेस जिल्ला कार्य समितीले उम्मेदवार चयन गर्ने सम्भावना न्युन छ, आकाक्षीको नाम केन्द्रमा पठाएको छ ।
संयोजकमा छविलाल पौडेल, पिताम्बर भुसाल र हरिहर आचार्यको नाम पठाएको छ । सदस्यमा खडानन्द पौडेल, चोपबहादुर घम, दिनामणि पाण्डे, पशुपती कँुबर, विष्णु भुसाल, भरतमणि गिरी, समशेरदिन मियाँ र ज्ञानबहादुर पाण्डेय तथा महिला सदस्यका लागी गिता पोख्रेल, झमकुमारी श्रेष्ठ, देउमायाँ नेपाली, निर्मला पाण्डे, राधिका घिमिरे, लक्ष्मी पौडेल, लक्ष्मी विक र सुन्दरा परियारको नाम जिल्ला कार्य समितीले सिफारिस गरेको सचिव भुसालले बताए । कांग्रेस र माओवादी गठबन्धन सँगै प्रष्ट बहुुमत पुग्ने भएपछी एमालेबाट भने आकाक्षी देखिएका छैनन । घनश्याम पौडेलले हिन्दुखबरडट्कममा समाचार लेखेका छन् ।