छत्रदेव गाउँपालिकाका सडकमा सवारीसाधनले क्षमताभन्दा बढि यात्रु बोक्दै


मधुसुधन पाण्डे
छत्रदेव, अर्घाखाँची साउन १६ गते । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका सडकमा सवारीसाधनले क्षमताभन्दा वढि यात्रु बोकेका छन्। छत्रदेवका सडकमा जिप र मोटरबाईक बाहेक अरु हिन्दैनन्। 
हिउदको समयमा बस हिड्ने भएपनि बर्षायाममा पानीले गर्दा अधिकास सडक बिग्रिएपछि जिप बाहेक अरु सडकमा हिन्दैनन्।यतिबेला जिपले छतमा तथा साईडमा झुण्डाएर समेत यात्रा गराउन बाध्य छन्। यातायात समितिले भने गाडी थप गरेको छैन ।यात्रहरुपनि कष्टकर रुपमा यात्रा गर्न बाध्य भएका छन् ।
यतिबेला अर्घाखाँचीको  नेटाखर्कदेखि शन्धिखर्कसम्म बाटोको डबल कटिङ तथा ग्राभेलको काम भई रहेको छ।हिउदको समयमा प्रहरीले कारबाही गरेतापनि यतिबेला प्रहरी तथा प्रशासन मौन बसेकाे छ।