भुमिकास्थान नगरपालीकाको धारापानीमा सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरे
धारापानी, अर्घाखाँची साउन १८ ।  अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका वडा नम्बर ४ को धारापानीमा रहेको राईजिङ्ग कृषि तथा ब्याबसायीक फर्मको आयोजनामा केयुबिकेको पुरक अनुदानमा सन्चालीत उपआयोजनाको पूर्ण सार्वजनिक सुनाई कार्यक्रम आज सम्पन्न भएको छ । 
 
सार्बजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै केयुबिके बाख्रा बिकास प्राबिधिक राधा नेपालीले कृषकहरुको जीवन स्तर उकास्नका लागि केयुविकेको कार्यक्रम प्रभावकारी बन्ने विश्वास  व्यक्त गर्नुभएको थियो । साथै उहाँले किसानका लागि आएकोे अनुदान रकम आम नागरिकहरुले देख्ने गरि सार्वजनिक हुनु पर्ने बताउदै प्रमुख अतिथी नेपालीले जिल्लालाई दुधमा आत्मानिर्भर बनाउनको लागि दुध उत्दपादन  क्षेत्र छुट्टाएर काम आगाडि बढाएको बताउनु भएको थियो । 
कार्यक्रममा जिल्ला पशुसेबा कार्यालय अन्तरगत एकगाँउ एक जेटिएका कर्मचारी भेषबहादुर खड्का,केयुबिके दुग्द बिकास प्राबिधिक धनन्जय न्यौपाने,उद्योग बाणीज्य संघ अर्घाखाँचीका सदस्य गोबिन्द बिसी,सामाजीक परीचालक हरीबहादुर केसी,पत्रकार श्याम घिमिरे,हरीप्रसाद भुसाल स्थानीय कृषक हस्तबहादुर सुनार,गुणानीधि बन्जाडे , थम्मन केसी लगायतले मनतब्य राख्दै संस्थाको प्रगतिको कामना गर्दे आगामी दिनहरुमा अझै सशक्तरुपमा लाग्नको लागी आबश्यक परार्मश  समेत दिनुभएको थियो । उक्त उपआयोजना केयुबीकेको रु ९ लाख २६ हजार २ सय १० रुपैया अनुदान रकम र अनुदान ग्राहीको तर्फबाट रु ११ लाख ६२ हजार ४ सय ६० गरी जम्मा रु २० लाख ८८ हजार ६ सय ७१ रुपैयाको लागतमा कार्यक्रम सम्झौता भएको संस्थाका अध्यक्ष सागर केसीले जानकारी दिनु भएको थियो । 
। कार्यक्रममा फर्म संचालक सागर केसीले केयुबिके संस्थाको सहयोगले फर्म संचालन गर्न निकै सहयोग पुगेको बताउदै सबैलाई कृषिको क्षेत्रमा अग्रसर भै काम गर्न आग्रह समेत गर्नु भएको थियो । अहिले उक्त फर्ममा १५ ओटा गाईहरु रहेका छन भने दैनिक झन्डै ७० लिटर  दुध बजारमा बिक्री  हुने गरेको छ ।