अर्जुन भुसाल
अर्घाखाँची । जिल्लाका सबै स्थानीय तहका प्रमुखहरुले
भष्ट्रचार मुक्त स्थानीय तह बनाउने प्रतिवद्धता जनाएका छन् । उनीहरुले भष्ट्रचारकै
कारण विकास निर्माणका कामहरु प्रभावित हुने हुँदा आफूहरुले भ्रष्टचार नगर्ने बताए
। सूचना तथा सुशासन अभियान (सिआइजी) को
वार्षिक साधरण सभा तथा सूचनाको हक सम्वन्धी वृहत समिक्षा कार्यक्रममा छ ओटै
स्थानीय तहका प्रमुखहरुले सो प्रतिवद्धता जनाए ।
जिल्ला न्यायाधीश
केशब प्रसाद बास्तोलाले सूचना माग्ने
परिपाटीको विकास भइसकेको भन्दै यसले पारदर्शीता र जवाफदेहिता वृद्धि गर्ने बताए । सूचनाको
अधिकारले सुशासन कायम गर्नुको साथै मानव
अधिकार र मौलिक हकको प्रत्याभूति समेत दिलाउँछ उनले भने, सार्वजनिक निकायका अधिकारीहरुले सूचना दिन
आनाकानी गर्नु हुँदैन । उनले सूचनाको हक प्रयोग गरेर थाहा पाउने
अधिकारलाई कसैले कुण्ठित गर्न नहुने औंल्याए । उनले सुशासन प्रवद्र्धन गरि पाँच
वर्षमा विकास निर्माणका धेरै काम गरेर
नागरिकको मन जित्न जनप्रतिनिधिहरुलाई सुझाव समेत दिए ।
सन्धिखर्क
नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले
सूचनाको हकको बारेमा दुरदराजका
नागरिकलाई बुझाउनु पर्ने बताए । सहज ढंगले सूचना माग्ने कार्यको थालनी गर्नुपर्छ’ उनले भने, यसो गर्दा सबैलाई पारदर्शी हुन मद्दत मिल्छ । सितगंगा नगरपालिकाका प्रमुख सुर्य अधिकारीले
आफ्नो नगरपालिका सूचना र सञ्चारको पहुँचबाट टाढा रहेको बताए । सितगंगा नगरपालिका
भित्रका धेरै महत्वपूर्ण विषयहरु मिडियामा आउने गरेका छैनन उनले भने, भौगोलिक विकटता भएको यो क्षेत्रको विकासमा
मिडियाले ध्यान पु¥याउन आवश्यक छ । भुमिकास्थान नगरपालिकाका मेयर रेशम थापाले
सूचना माग्ने परिपाटीले भ्रष्टचार अन्त्य हुने
भएकाले सूचनाको हकको बारेमा जनचेतना जगाउनु पर्ने बताए । हामी नागरिकलाई सूचना
दिन कुनै कन्जुस्याँइ गर्दैनौं’ उनले भने, सूचना लिने दिने कार्यलाई जटिल सम्झनु हुँदैन ।
स्थानीय विकास
अधिकारी प्रदिप पौडेलले सार्वजनिक निकायले नागरिकलाई सहजै ढंगले सूचना उपलव्ध गराउनु पर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले माग्न मिल्ने र नमिल्ने सूचनाका बारेमा
जानकार हुनु पर्ने बताए । जिल्लाका सबै कार्यालयमा सूचना अधिकारी तोकिएको छ’ उनले भने, सूचना दिने
प्रचलनको विकास हुँदै गएको छ ।
छत्रदेव
गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेलले भष्ट्रचारकै कारण नेपाल विकासमा धेरै पछाडी
परेको बताए । बार्गेनिङ्ग र दुरुपयोग गर्नका लागि सूचना माग्ने काम गर्नु जायज
होइन उनले भने, सहि भावनाका साथ सूचना माग्नाले भ्रष्टाचार अन्य गर्नमा सहयोग पु¥याउँछ । पाणिनि
गाउँपालिकाका प्रमुख अच्युत गौतमले सूचना हकलाई पूर्ण रुपमा पालना गर्न आफूहरु
तयार रहेको बताए । ‘पत्रकारले पनि गलत नियतका साथ सूचना माग्ने
गरेको पाइएएको छ उनले भने, ‘पेशागत मर्यादालाई ख्यालमा राखेर अघि बढ्नु
पर्छ । मालारानी
गाउँपालिकाका प्रमुख बालकृष्ण आचार्यले सूचनाको हकले सुशासन कायम गर्न ठूलो मद्दत
गर्ने हुँदा यसको प्रयोगमा जोड दिनु पर्ने बताए । कार्यालयका कामहरु पारदर्शी ढंगले राखेपछि सूचना
दिन कुनै समस्या हुँदैन उनले भने ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष
हिमबहादुर जिसी, सचिव सुर्यप्रसाद भुसालले मन्तव्य राखेका थिए । सूचना तथा सुशासन अभियानका अध्यक्ष तथा
सूचनाको हकका अभियान्ता मुक्ति भुसालले आफूले अभियान सञ्चालन गर्नु पूर्व जिल्लाका
९० प्रतिशत नागरिकलाई सूचनाको हकको बारेमा जानकारी नै नभएको बताए । मैले अभियानको
थालनी गरेपछि सूचनाको हकको क्षेत्रमा धेरै परिवर्तन आएको छ’ उनले भने, सबै कार्यालयहरुले सूचना अधिकारी तोकेका छन्
भने नागरिक पनि यसविषयमा जागरुक बन्दै गएका छन् । उनले सूचनाको हक मार्फत जिल्लालाई सुन्दर, समृद्ध र
भ्रष्टचारमुक्त बनाउने आफ्नो अभियान रहेको बताए ।
भुसालले संस्थाको वार्षिक आय व्यय समेत सार्वजनिक गरे ।