श्याम खनाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा स्थानीय तहबाटै नागरीकलाई जनमुखी सेवा दिनको लागी एक टोली गठन गरीएको छ ।
अर्घाखाँची जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीको संयोजकत्वमा उक्त टोली गठन गरीएको हो ।
टोलीले जिल्लामा रहेका स्थानीय तहमै गई आम नागरीकहरुको नयाँ नागरीकता बनाउने , अपाङ्ग परीचय पत्र बनाउने र जेष्ठ नागरीक परिचय पत्र बनाउने लगायतका प्रशासनिय कामहरु गर्ने बताईएको छ ।
टोलीले श्रावण २२ र २३ गते सितगंगा नगरपालीकाको कार्यालय ठाडा, २४ गते भूमिकास्थान नगरपालीकाको कार्यालय नुवाकाेट , २५ गते मालारानी गाउँपालीकाको कार्यालय खनदह , २६ गते पाणिनी गाउँपालीकाकाे कार्यालय र २७ गते छत्रदेव गाउँपालीकाकाे कार्यालयमा घुम्ती शिविर सञ्चालन गर्ने भएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले जानकारी दिनुभएकाे छ ।