नेपाल राहत शिक्षक जिल्ला समिति अर्घाखाँचीको बैठक सम्पन्न

श्याम घिमिरे 

सन्धिखर्क, अर्घाखाँची । नेपाल राहत शिक्षक जिल्ला समिति अर्घाखाँचीको पूर्ण बैठक  सन्धिखर्कमा सम्पन्न भएको छ । 
बैठकले जिल्लामा कार्यरत सम्पूर्ण राहत शिक्षकहरुको व्यक्तिगत फाराम र सदस्यता वितरण कार्यक्रम शुरु गर्ने लगायतका निर्णय गरेको छ । 
बैठकले ५ नं. प्रदेश स्तरीय राहत शिक्षक सम्मेलनका लागि ७ जना प्रतिनिधीहरुको छनोट समेत गरेको छ । जसमा शिब कुँवर, मणि आचार्य, बिक्रम भुसाल, शारदा रायमाझी, मिनु भुसाल, विष्णु खनाल र इन्द्रमणी भुसाल रहेका छन् ।
जिल्ला अध्यक्ष शिव कुँवरको अध्यक्षता र सचिव मणि आचार्यको संचालनमा सम्पन्न भएको बैठकले केही दिन अघि मोटरसाईकल दुर्घटनामा परी उपचारके क्रममा ज्यान गुमाएका जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका स्रोत  व्यक्ति रिम प्रसाद पन्थी प्रति श्रद्धान्जली तथा समबेदना प्रस्ताब समेत पास गरेको शिक्षक बिक्रम भुसालले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु