विक्रम पाण्डे समान्ता
सन्धिखर्क, अर्घाखाँची । मङगलवार अर्घाखाँचीका नेवार समुदायले गाईजात्रा अर्थात हिमपाई पर्व मनाएका छन् । दिवङ्गत भएका आफन्तको सम्झना तथा मन शान्तिका लागि मङगलबार अर्घाखाँचीका विभिन्न स्थानहरुमा गाइजात्रा पर्व मनाइएको छ ।
पुरुषलाई महिलाको पहिरन लगाइ दिएर गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परागत प्रचलन अनुरुप अर्घाखाँचीका विभिन्न स्थानहरुमा गाईजात्रा पर्व मनाइएको हो ।
अर्घाखाँची जिल्लाको डिभर्ना , सन्धिखर्क , पटुवाथुम ,भूमिकास्थान नगरपालीका लात्तेवाँज छत्रगन्ज , नुवाकोट लगायतका स्तानहरुमा मङगलबार गाइजात्रा पर्व मनाइएको छ ।
डिभर्नामा यस वर्ष्िभत्र ज्यान गएका ५ घर परिवारबाट जात्रा निकालिएको थियो । त्यस्तै पटुवाथुममा ४ घर परिवारबाट जात्रा निकालिएको थियो । एक वर्ष्िभत्र दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराइएको थियो भने उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरीएको थियो ।
यसरी नगर परिक्रमा गर्नाले वर्षभरि ज्यान गएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
तत्कालिन राजा प्रताप मल्लले पुत्रशोकमा परेकी रानीलाई सम्झाउन दिवंगत भएका आफन्तलाई गाईसहित बोलाएर भजन किर्तन गर्न लगाएको सम्झनामा मङगलबार गाईजात्रा बनाइएको हो ।
देशका विभिन्न स्थानमा यो पर्व मनाउने चलन रहे पनि अर्घाखाँचीमा मनाइने गाईजात्रालाई भने विशेषरुपमा हेरिँदै आएको छ । पछिल्लो समय गाईजात्रालाई मनोरन्जनको रुपमासमेत लिइँदै आएको छ । समाज , राष्ट्रमा भैरहेको विकृति विसङगती , भष्ट्रचार , अनियमिततको ब्यङग्यात्मक रुपमा विरोध समेत गरीन्छ ।
यसैविच बुधवार सन्धिखर्क नगरपालीका वडा नं. १ को पटुवाथुममा रोपाई जात्रा निकालिने छ । रोपाईं जात्रा असारको महिना धानको रोपाइ गरी सके पछी मनाइन्छ । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो ।
धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ । यो जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ । रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका मनाइने गरीन्छ ।
बुधवार अर्घाखाँचीको जिल्लाको सन्धिखर्क नगरपालीका वडा नं १ मा रहेको पटुवाथुममा रोपाई जात्रा निकालिएको छ ।
पटुवाथुम बजारमा नेवार समुदायले आफ्नो संस्कृति झल्कने गरी रोपाइँ जात्रा निकालेका हुन् । धान रोपेर गोड्ने बेलाको यो समयमा पटुवाथुममा रोपार, हली अनि बाउसेहरु समिसिम पानीमा असारै गितमा ब्यस्त थिए ।
असारे गीत गाउँदै धान रोपेको शैली जात्राका रुपमा आज अर्घाखाँची जिल्ला सदरमुकाम देखि नजिकै रहेको पटुवाथुममा देखाइएको हो ,। त्यस्तै सन्धिखर्कको वाङला टुनिपोखरामा पनि रोपाइ जात्रा निकालिएको थियो ।
रोपाइँ जात्रालाई नेवारहरुले पनि आफ्नै शैलीबाट मनाइएको पाइन्छ । गाईजात्राको भोलिपल्ट रोपाइँजात्रा आयोजना गर्ने चलन रहेको छ । यसै अनुरुप पुवाथुममा गाईजात्रा निकाले पछि त्यसको अर्को दिन बुधबार रोपाइँजात्रा निकाल्ने चलन रहेको छ ।