नुवाकोट दिपज्योति युवा परिषदको दोस्रो साधारण सभा तथा जनप्रतिनिधीहरुलाई स्वागत कार्यक्रम सम्पन्न

विनोद गैरे
नुवाकोट दिपज्योति युवा परिषद भुमिकास्थान नगरपालिका वडा नं. ८ को दोस्रो साधारण सभा तथा जननिर्वाचित प्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम भुमिकास्थान नगरपालिका–८ पोखेडाडाँमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले मैनबत्ती प्रजोनन् गरि कार्यक्रमको उद्घाटन गर्दै परिषदका हरेक सामाजीक कार्यहरुको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी दिनहरुमा पनि परिषदको सफलताको सुभकामना दिदै परिषदको दिगो विकासकालागि आफुले परिषदलाई जस्तै सुकै सहयोग गर्न पनि पछि नपर्ने बताउनुभएको थियो । कार्यक्रममा भुमिकास्थान नगरपालिकाका कार्यकारी रुद्रलाल भुसाल, भुमिकास्थान नगरपालिका अन्र्तगतका सम्पूर्ण वडाका निर्वाचित बडा अध्यक्ष तथा सदस्यहरु साथै नगर समन्वय समितिका सदस्यहरु, स्थानीय बुद्धिजिवि तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा जननिर्वाचित सम्पर्ण पदाधिकारीहरुलाई टिका तथा खादा उडाएर सम्मान गर्दै परिषदका अध्यक्ष रामजकुमार श्रेष्ठले भूमिकास्थान नगरपालिकाको विकास र समृद्ध नगरपालिका बनाउनको लागि परिषदको तर्फवाट तैयार पारिएको प्रतिवेदन नगरप्रमुखलाई हस्तान्तरण गर्दै नगरपालिकाको सदैव साथ सहयोग र सर्मथन पाएमा आफुहरुले धेरै रचनात्मक कार्यहरु गर्दै समृद्ध नगरपालिका निर्माणमा एक इटा थप्न कुनै कन्जुस्याई नगर्ने बताउनुभएको थियो । कार्यक्रममा परिषदका सह कोषाध्यक्ष लक्ष्मण पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम परिषदका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्व, परिषदका सह सचिव राम चन्द्र श्रेष्ठको स्वागत मन्तव्य र सचिव ज्ञानु श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु