मालारानी गाऊँपालिकाको खनदहका मृगौला पिडित पिताम्बरलाई कोरियाबाट सहयोग रकम हस्तान्तरण

सुन्दर पन्थी/केशब पोखरेल
दक्षिण कोरिया | रोजगारिकाे शिलसिलामा  अर्घाखाँचीको  मालारानी गाऊँपालिका वाड न३( साविकको खनदह ८ खोरधारा, घैयार, सिमलचौर) बाट  दक्षिण कोरियामा रहेका युवाहरुको पहलमा र अर्घाखाँची सम्पर्क मन्च कोरियाको सहकार्यमा मालारानि  ४ ऊपल्ला बडाचौर निवासि मृगौला रोगि वर्ष २२ का पिताम्बर खनाललाई रु१३००००(एक लाख तीस हजार मात्र)/  कोरियन वन १४१७०००(चौध लाख सत्र हजार मात्र)हस्तान्तरण गरिएको छ | 
अचानक दुबै मृगैलामा समस्या देखिएपछि विगत केहीदिन देखि काठमान्डौंको ग्रिनसिटि अस्पतालमा ऊपचार गराईरहेका छन | खनालको आर्थिक स्थिति कमजोर भएको र मृगौला प्रत्यारोपणका लागि ठुलो रकम चाहिने भई सहयोगको लागि घरपरिवार बाट अपिल भएपछि ति युवाहरुले कोरियामा रहेको kEB Hana बैंकको  बाबुराम पोखरेल को खाता नंम्बर १४४९१०४७४०९००७ मा सहयोग गर्न आग्रह गरि अभियान चलाएका थिए |
ऊक्त अभियानमा कोरियामा स्थित विभिन्न संघ संस्था तथा ब्याक्ती बिशेषबाट सहयोग संकलन गरिएको थियो।संङ्कलित रकम कोरियामा पहिलो कार्यकाल पुरा गरि नेपाल फर्कियका मालारानि ३ खोरधारा निवासि राजु पोखरेल र कानुन मन्त्रालयका सहसचिब डिल्लिराज घिमिरे लगाएतले हस्ताङ्तरण गरेका थिए |
       ऊक्त रकम ग्रहण गर्दै बिरामि खनाले भने “सहयोग रकम जुटाऊनुहुने आदरणिय सम्पुर्ण सहयोगि मन हरुमा धेरै धेरै धन्याबाद, यंहाहरुको यही सहयोगले नै नयाँ जीवन पाऊने आशा पलाएको छ |”
              यस अघिपनि ति युवाहरुकै पहलमा मालारानि २डाँडाकटेरि निबासि मृगौला पिडित खुमानन्द भुसाललाई रकम संकलन गरि सहयोग गरेका थिए।

अन्य समाचारहरु