मधु सुधन पाण्डे
छत्रदेव ३० साउन (अर्घाखाँची डट कम) अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा रोपाइँ जात्रा सम्पन्न भएको छ।
कृष्ण जन्माअष्टमिको भोलिपल्ट निकालिने यो जात्रा छत्रदेवका विभिन्न स्थानमा सम्पन्न भएको हो।रोपाइँ जात्रा छत्रदेवको छत्रगञ्ज ठुलापोखरा अर्घातोष भगवती केरुङ्गा बलकोट तथा चिदिकामा सम्पन्न भएको हो।
यस पर्वमा विसेसगरी कृष्णको रथ बनाई बजार परिक्रमा गर्ने तथा त्यसको पछि पछि रोपाई जात्रा गर्ने धार्मिक किंवदन्ती रहेको छ।