– वीरेन्द्र केसी कान्तिपुर
सन्धिखर्क, अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुख पदमा कांग्रेसका पूर्वजिल्ला सभापति पिताम्बर शर्मा निर्विरोध निर्वाचित भएका छन । शर्मालाई माओवादी केन्द्रले समर्थन गरेको थियो । एमालेले उम्मेदवारी दर्ता गराएन ।
उपप्रमुखमा माओवादीका ऋषिबहादुर पुलामी निर्विरोध भए । महिला सदस्य विमला परियार, झमाकुमारी श्रेष्ठ, लक्ष्मी पौडेल, दलितबाट बलेन्द्र विश्वकर्मा, मुस्लिमबाट सम्शेरदिन मियाँ र खुलाबाट ढालबहादुर राउत क्षेत्री र रेमबहादुर राना मगर सदस्य पदमा निर्विरोध निर्वाचित भए । प्रमुख शर्मालाई मुख्य निर्वाचित अधिकृति केशवप्रसाद वास्तोलाले सपथ गराए । उपप्रमुख सहित सदस्यलाई शर्माले सपथ ग्रहण गराए ।
६ स्थानीय तह रहेको जिल्लामा १२ जना मतदाता रहेका छन् जसमध्ये ६ कांग्रेस, ३ एमाले र ३ माओवादी केन्द्रका छन । समिति चयनको लागि कांग्रेस-माओवादी गठबन्धन भएको थियो । जस अनुसार उपप्रमुख पुलामी सहित दुई सदस्य खुला सदस्य राउत र राना माओवादीका र शर्मा सहित ६ सदस्य कांग्रेसका हुन् । प्रमुख शर्मा सहित सबैले पदभार ग्रहण गरेका छन् ।