सन्धिखर्कको डिभर्नामा रोपाई जात्रा तथा रथ यात्रा सम्पन्न


विक्रम पाण्डे समान्ता 
डिभर्ना, अर्घाखाँची , ३१ श्रावण । बिगतको वर्ष जस्तै यस वर्ष पनि अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिकाको डिभर्नामा परम्परागत रुपमा निकालिने रथ यात्रा तथा रोपाई जात्रा निकालिएको छ ।
सधै जस्तै राधा कृष्ण मन्दिर ब्यबस्थापन समिती डिभर्ना झेडीको आयोजनामा रथ यात्रा तथा रोपाई जात्रा निकालिएको हो ।
कृष्ण जन्माष्टमीको अबसरमा कृष्ण जन्मेको भोली पल्ट यो जात्रा डिभर्नामा निकालिने गरीन्छ । नेवार समुदायद्वारा निकालिने यो पर्व अर्घाखाँची जिल्लामा निकै लोकप्रिय मानिन्छ । डिभर्नामा निकालिएको आजको जात्रामा नेवार समुदायका महिला तथा पुरुस नेवारी पोसाकमा चिटिक्क परेका देखिन्थे । त्यस्तै मनोरञ्जनात्मक लागि विभिन्न किसिमका झाकी समेत प्रदर्शन गरिएको थियो ।
पञ्चेबाजा र असारे भाकासहित प्रदर्शन गरिएको जात्रामा सहभागी किसानहरुले सडकमा धान रोप्ने, हल गोरुले जोत्ने, बाउसेहरुले आली लगाउने, खन्ने, साहु महाजनले रोपारहरुलाई कडाइका साथ काम अह्राउने जस्ता अभिनय देखाएका थिए । साहु महाजनलाई सुरक्षा गार्ड राखेर छाता ओढाई बजार घुमाएका थिए ।
उता सुरुवातमा लिकालिएको रथ यात्रा डिभर्नाको विभिन्न स्थानहरुमा परीक्रमा गराएको थियो । रथ यात्रा सङगै भक्तजनहरु भजन कृतन सङगै छमछमी नाचेका थिए ।
झेडी बाट सुरु भएको रथ यात्रा भिसुन थान , ठुटीपिपल पुराई पुन झेडीमा रहेको रोपाई यात्रामा समाहित भएको थियी । हजारौँको सहभागिता रहेको आज झेडी बजार ब्यस्त थियो ।
मौलिक सस्कृतिलाई लोप हुन नदिनको लागि रोपाइ जात्रा निकालिएको आयोजकले जानकारी दिएको छ विशेष गरी नेवार समुदायले मात्र मनाउदै आएको भनिएको यो जात्रा पछिल्लो समयमा अन्य जात जातिको पनि उतिकै सहभागिता रहेकाले यसलाई सवैको जात्राको रुपमा ग्रहण गर्नुपर्ने रात्रा कृष्ण मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष धन प्रसाद श्रेष्ठले बताएका छन् ।
त्यस्तैअर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा रोपाइँ जात्रा सम्पन्न भएको छ । कृष्ण जन्माअष्टमिको भोलिपल्ट निकालिने यो जात्रा छत्रदेवका विभिन्न स्थानमा सम्पन्न भएको हो । रोपाइँ जात्रा छत्रदेवको छत्रगञ्ज ठुलापोखरा अर्घातोष भगवती केरुङ्गा बलकोट तथा चिदिकामा सम्पन्न भएको हो।
यस पर्वमा विसेसगरी कृष्णको रथ बनाई बजार परिक्रमा गर्ने तथा त्यसको पछि पछि रोपाई जात्रा गर्ने धार्मिक किंवदन्ती रहेको छ ।

अन्य समाचारहरु