किमडाँडामा जनप्रतिनिधिहरुसँग शैक्षिक विषयमा अन्तरक्रिया

अर्जुन भुसाल 
किमडाँडा, अर्घाखाँची भदौ २ । जनता कृष्ण माध्यमिक विद्यालय सन्धिखर्क ८ किमडाँडाले जनप्रतिनिधिहरुसँग शैक्षिक विषयमा अन्तरक्रिया गरेको छ । विद्यालयले सन्धिखर्क नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा नम्वर ८ का वडा अध्यक्ष र सदस्यहरुलाई सम्मान समेत गरेको छ । विद्यालयले वडा नम्वर ८ मा रहेका सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्ध गर्ने विषयमा अन्र्तक्रिया गरेको हो । 
कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले जनता कृष्ण माविको शैक्षिक र भौतिक गुणस्तर बृद्ध गर्न  नगरपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले राज्यले शिक्षा क्षेत्रमा ठूलो रकम खर्च गरेपनि अपेक्षित रुपमा शैक्षिक गुणस्तरीयता हासिल नभएको बताउनुभयो । उहाँले शिक्षकहरुलाई  उपलव्धी देखाउने ढंगले अध्यापन गराउन आग्रह गर्नुभयो । 
उपप्रमुख ठाकुर कुमार विकले शिक्षा क्षेत्रको विकासबाट  नै हरेक क्षेत्रको विकास संभव भएको भन्दै शिक्षाको विकासमा नगरपालिकाले विशेष कार्ययोजना तयार पार्न लागेको बताउनु भयो । उहाँले शैक्षिक गुणस्तर बृद्ध गर्ने विद्यालयलाई नगरपालिकाल पुरस्कृत गर्ने बताउनुभयो । 
 कार्यक्रममा वडा नम्वर ८ का अध्यक्ष इश्वर इश्वरी भुसाल, वडा सदस्यहरु नारायण अर्याल, देवी भुसाल, श्रोत व्यक्तिहरु युवराज भुसाल, हरि भुसाल, विद्यालयका प्रधानध्यापकहरुको तर्फबाट गौतम प्राविका दोर्णप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद भुसाल, पत्रकार अर्जुन भुसाल लगायतले मन्तव्य राखेका थिए । 
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेको अध्यक्षता, प्रधानध्यापक नारायण पौडेलको स्वागत मन्तव्य र शिक्षक जनक बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।  

अन्य समाचारहरु