छत्रदेवको ठुलापोखरामा तिज गित प्रतियोगिता तथा जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न


मधु सुधन पाण्डे
छत्रदेव, अर्घाखाँची ३ भदौ । अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा न ६ ठुलापोखरामा तिज गित प्रतियोगिता तथा जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न भएको छ।
महिलाहरुको हरितालिका तिजको पुर्व सन्ध्यामा ठुलापोखरा युवा परिषदद्वारा आयोजना गरिएको उक्त प्रतियोगितामा ठुलापोखरा युवा परिषद्का अध्यक्ष गोपाल प्रसाद बञ्जाडेको सभापतित्व रहेको थियो ।
साथै उक्त कार्यक्रममा वडा न ६ का वडाअध्यक्ष कमल पौडेल गाउपालिका कार्य समिति सदस्य तथा दलित महिला सदस्य सुनिता बिक वडा सदस्य क्रमश सफिता साह,ज्ञानप्रसाद पाण्डे,खडानन्द पौडेल त्यसैगरी ठुलापोखरा स्वास्थ्य चौकि प्रमुख तथा युवा परिषद्का मानार्थ सदस्य विश्वदेव न्यौपाने वडा सचिव पुस्करनाथ आचार्य मानार्थ सदस्य टंक पन्थी रामप्रसाद पाण्डे यमलाल पन्थी चुरामणि बञ्जाडे दुर्गाप्रसाद पाण्डे यमबहादुर पाण्डे रेशौराज आचार्य राजिनितिक दलका प्रतिनिधि ठाकुर पन्थी तुल्सि पाण्डे तथा विभिन्न बिद्यालयका शिक्षक प्रतिनिधि तथा पुरस्कार सौजन्यकर्ताको अतित्थ्यता रहेको थियो ।
कार्यक्रममा स्थानीय निर्वाचनबाट निर्वाचित वडा न ६ का प्रतिनिधि कमल पौडेल,सुन्तली बिक,सफिता साह,ज्ञानप्रसाद पाण्डे तथा खडानन्द पौडेललाई सम्मान गरिएको थियोे।सोही कार्यक्रममा प्रथम दोस्रो तेस्रो तथा शान्तवना स्थान हासिल गर्ने तथा उत्कृष्ट नृत्य तथा उत्कृष्ट गायनलाइ पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा नमुना महिला आमा समूह प्रथम,हरियाली महिला समूह दोस्रो कल्याणकारी महिला समूह तेस्रो तथा राधाकृष्ण महिलासमुह तथा महिला समता समुहले सान्त्वना स्थान हासिल गरेका थिए।
उक्त कार्यक्रममा उत्कृष्ट नृत्य कल्याणकारी महिला समुहकि कमला पाण्डे तथा उत्कृष्ट गायनमा हरियाली समुहकि निर्मला विक र नमुना महिला समुहकि मिना परियारलाई नगद ले सम्मान गरिएको थियो भने सोही कार्यक्रमको सञ्चालन नारायण बञ्जाडेले गर्नु भएको थियो । 

अन्य समाचारहरु