तस्बिर: फेसबूकबाट
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधि सभा संसद्को चुनावको लागि सुरु गरेको मतदाता नामावली संकलनमा अर्घाखाँची जिल्लामा लगभग १२ हजार मतदाता संख्या थपिएका छन् । जिल्लामा ११ हजार ९ सय ६७ जना नयाँ मतदाता थपिएका हुन् ।
साउन १ गतेदेखि शुरु भएको मतदाता नामावली संकलन कार्य भदौ ३ गतेसम्म जारी रहेको थियो । अर्घाखाँचीमा ३ नगरपालिका र ३ गाउँपालिकाका स्थानीय तहका कार्यालयमार्फत फोटोसहितको मतदाता नामाबली संकलन कार्य गरिएको थियो ।
नयाँ थपिएका मतदाता संख्या अनुसार सन्धिखर्कमा २२ सय ३०, शीतगंगा नगरपालिकामा २ हजार ५ सय ३६, भुमिकास्थान नगरपालिकामा ८ सय ४६ यस्तै छत्रदेव गाउँपालिकामा १ हजार १ सय ९२, पाणिनी गाउँपालिकामा ८ सय ८० र मालारानी गाउँपालिकामा ८ सय ४ जना रहेका छन् ।
स्थानीय तहका कार्यालय साथै निर्वाचन कार्यालयमा नामावली संकलन, अध्यावधिक गर्ने, त्रुटि सञ्याउने, नामावली सार्नेलगायतका काम गरिएको थियो ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनामा अर्घाखाँची जिल्लामा १ लाख २६ हजार ६ सय ९९ जना मतदाता रहेका थिए ।